काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले कप्तान कुशल भुर्तेललाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ।
प्रतियोगिता नोभेम्बरमा हुने तय छ। पोखराले आइतबार सामाजिक सञ्जालमार्फत कुशललाई रिटेन गरेको जानकारी दिएको हो। दोस्रो संस्करणमा भने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मिनी अक्सन गर्नेछ।
यो नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलोपल्ट मिनी अक्सन हुन लागेको हो। मिनी अक्सन भने अगस्टमा हुने क्यानले जनाएको छ।
गत संस्करणमा पोखरा आठ टोली सहभागी प्रतियोगिताको सातौं स्थानमा रहेको थियो। पोखराले ७ खेलमा जम्मा दुई वटामा मात्रै जित हासिल गरेको थियो।
कुशलले उक्त ७ इनिङ्समा मात्रै ५४ रन बनाएका थिए। बलिङतर्फ भने उनले १४.१ ओभर गर्दै ११३ रन खर्चिए ५ विकेट लिएका थिए।