पहिलो हाफमा नेपाल २-० ले अघि
आइतबार, असार १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा अग्रता दोब्बर बनाएकी छन्।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन्।
यो उनको ५९औं अन्तर्राष्ट्रिय गोल हो।












