सिरहा। सलहेश युवा क्लबले तेस्रोपल्ट सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा सलहेशले चात्यसा फुटबल क्लब, झापालाई २–० ले पराजित गरेको हो।
उपाधिसँगै सलहेशले २ लाख रुपैयाँ प्राप्त गरेको छ। चत्यासाले भने १ लाख रुपैयाँमा चित्त बुझाएको छ। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। तर, दोस्रो हाफको चौथो मिनेटमा कुलदीप कार्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै सलहेशलाई अग्रता दिलाए।
त्यसपछि दोस्रो हाफको १८औं मिनेटमा दीपेश घलेले अर्को गोल गर्दै टिमको जित सुनिश्चित गरे। उपाधिसँगै सलहेशले २ लाख रुपैयाँ प्राप्त गरेको छ। विधागततर्फ पनि सहलेश कै खेलाडीको अधिपत्य रह्यो।
फाइनलको म्यान अफ द म्याच विनु आलेमगर घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलहेशकै कुलदीप भए। उनले ७ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलकिपर रेम्बो चौधरी (सलहेश युवा क्लब), उदीयमान खेलाडी रामबाबु दास र राजा बाबु मेष्तर (सलहेश युवा क्लब) संयुक्त घोषित भए।
सर्वाधिक गोलकर्ता युसुफ मल्लिक (चित्लाङ एफसी, काठमाडौं) र उत्कृष्ट प्रशिक्षक श्यामसुन्दर सिंह (सलहेश युवा क्लब) घोषित भए।