काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले चौथोपल्ट करिअरकै खराब बलिङ गरेका छन्।
स्कटल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ मा आइतबार घरेलु टोलीविरुद्ध उनले १० ओभरमा ६९ रन खर्चिएका हुन्।
उनी विकेटविहीन रहे। सन्दीपले एकदिवसीय क्रिकेट करियरमा सबैभन्दा बढी रन युएईलाई दिएका छन्।
१६ मार्च २०२३ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा उनले १० ओभर बलिङ गर्दै करिअरकै सर्वाधिक ८० रन खर्चिएका थिए। यद्यपि, उनले १ विकेट लिए।
उनले आठौंपल्ट ६० भन्दा बढी रन दिएका हुन्। उनले यसअघि जिम्बावेविरुद्ध ७७, पाकिस्तानविरुद्ध ६९, स्कटल्यान्डविरुद्ध ६९, नामिबियाविरुद्ध ६६, ओमानविरुद्ध ६५, अमेरिकाविरुद्ध ६३ र पपुवा न्युगिनीविरुद्ध ६२ रन खर्चिएका थिए।