दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
आइतबार, जेठ २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।
उनले आइतबार आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँग खेल्दै उपलब्धि हासिल गरेका हुन्।
उनले यो उपलब्धि हासिल गर्न ६४ खेल कुर्नुपर्यो। उनले यसबीचमा एक शतक र ३ अर्धशतक प्रहार गरे।
एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने उनी पाँचौं नेपाली खेलाडी हुन्। यसअघि कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख र कुशल भुर्तेल तथा मध्यक्रमका आरिफ शेखले यो उपलब्धि हासिल गरिसकेका छन्।














-1762660030983.webp&w=3840&q=75)
