काठमाडौं। बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले होफेनहाइमलाई ४–० ले पराजित गर्दै सिजनको उत्कृष्ट समापन गर्यो।
स्ट्राइकर ह्यारी केन लगातार दोस्रो सिजन लिगको सर्वाधिक गोलकर्ता घोषित भए। बायर्नले दुई हप्ता अघिनै उपाधि जितिसकेको हो। तर, अन्तिम खेललाई पनि शानदार शैलीमा जित्दै सिजन टुंग्यायो। ३३औं मिनेटमा माइकल ओलिसेले दमदार फ्रिकिकमार्फत अग्रता दिलाए।
ओलिसे त्यसपछि जोशुआ किम्मिखलाई उत्कृष्ट पास दिँदै गोल गर्न दिए। किम्मिखले दोस्रो हाफ सुरु भएको आठ मिनेटपछि गोल गर्दै बायर्नको अग्रता ३–० बनाए।
केन सुरुआतमा बेन्चमा थिए। दोस्रो हाफमा मैदान प्रवेश गरेपछि उनले एक पटक पोस्टमा प्रहार गरे। तर, गोल गर्न सकेनन्। उनले सर्ज ग्नाब्रीलाई उत्कृष्ट पास दिँदै बायर्नको तेस्रो गोलमा योगदान पुर्याए।
इङ्ल्यान्डका कप्तान केनले यस सिजन बुन्डेसलिगा उपाधिसँगै आफ्नो पहिलो ठूलो उपाधि जिते। ८६औं मिनेटमा उनले नजिकबाट गोल गर्दै सिजनको आफ्नो २६औं लिग गोल पूरा गरे।
यससँगै केनले बुन्डेसलिगा इतिहासमा लगातार दुई सिजन आफ्नो सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान राखेका छन्।