शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक

शनिबार, ०३ जेठ २०८२खेलपाटी संवाददाता
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
Loading ad...
mustang rice ad

काठमाडौं। गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा हाउन्ड्स एकेडेमीको अपराजित यात्रामा ब्रेक लगाएको छ। 

लिगअन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा गोल्डेनगेटले हाउन्ड्सलाई ७९–७५ ले पराजित गरेको हो। कीर्तिपुर कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा हाउन्ड्सले पहिलो क्वाटर आफ्नो पक्षमा पारे पनि त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमन गरेको थियो। 

हाउन्ड्सले पहिलो क्वाटरमा २०–१६ को अग्रता लिएको थियो। दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा ४१–४१ को बराबरी भएको थियो। 

तेस्रो क्वाटरमा हाउन्ड्सले १९–१८ ले आफ्नो पक्षमा पार्दै १ अंकको झिनो अग्रता बनाएको थियो। तर चौथो तथा निर्णायक क्वाटर २०–१५ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले रोमाञ्चक जित हात पारेको हो। 

गोल्डेनगेटका लागि अभिषेक सिंहले २४ अंक स्कोर गरे। अभिषेक सिंह मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। यस्तै, हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २५ अंक स्कोर गरे।

लिगमा गोल्डेनगेटको यो तेस्रो जित हो। चार खेलमा ३ जित र १ हारबाट ७ अंक जोडेको छ। हाउन्ड्सको पनि पहिलो हारपछि चार खेलबाट समान ७ अंक नै छ। लिगअन्तर्गत शनिवारै भएको पहिलो खेलमा टाइम्स बास्केटबल क्लबले कीर्तिपुर क्लबलाई ७६–७२ ले पराजित गरेको छ। 

तीन क्वाटर टाइम्सले आफ्नो पक्षमा पारेको थियो। चौथो क्वाटरमा पुनरागमन गर्दै खेलमा फर्कने प्रयास गरेको कीर्तिपुरले अन्तिम समयमा टाइम्सलाई रोक्न सकेन।  टाइम्सले सुरुआती तीन क्वाटर २१–१९, २५–२१, १८–१२ ले आफ्नो पक्षमा पारेको थियो। 

कीर्तिपुरले चौथो क्वाटर २०–१२ ले आफ्नो पक्षमा पारेको थियो। टाइम्सका लागि कप्तान सदिश प्रधानले २२ अंक स्कोर गरे। उनी खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। कीर्तिपुरका लागि सयुन राईले सर्वाधिक २३ अंक स्कोर गरे। 

लिगमा टाइम्सको यो दोस्रो जित हो। चार खेलमा २ जित र २ हारबाट टाइम्सको ६ अंक भएको छ। सुरुआती दुई खेल जितेको कीर्तिपुरको यो लगातार दोस्रो हार हो। कीर्तिपुरको पनि समान ६ अंक नै छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक