अबुधाबी। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई सम्मान गरिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा व्यावसायिक फुटबल खेलिरहेकी उनलाई अबुधाबीस्थित नेपाली समुदायिक क्लब नखील गुर्खा एफसीले शुक्रबार नगदसहित सम्मान गरेको हो।

शुक्रबार नै रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नखलीबीच मैत्रीपूर्ण खेल भएको थियो। लगत्तै पश्चात् नखलीले रेखालाई सम्मान गरेको हो। पछिल्लो समय राष्ट्रिय टोलीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।
सोही प्रदर्शनको कदर गर्दै र थप हौसला प्रदान गर्न क्लबले उनलाई सम्मान गरेको नखलीले जनाएको छ ।
युएईमा रहेका नेपालीहरूले सञ्चालन गरिरहेको नखीलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका तीर्थ रानामगर, शरण बस्नेत, नीरकुमार राईलगायतका खेलाडी आबद्ध छन्।