• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिगमा राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
नमीन ढकाल
बिहीबार, पुस २६, २०७५ नमीन ढकाल
'ए' डिभिजन लिगमा राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौं ।  घरेलु लिगलाई खेलको स्तर मापन र नयाँ खेलाडीको उत्पादनको आधार मानिन्छ । लिगको स्तरीयताले त्यसको व्यवसायीकरणमा ठुलो भुमिका खेलेको हुन्छ ।

लिगको संरचना बर्षभरी खेलाडीलाई व्यस्त राख्न बनेको हुन्छ । नेपालको घरेलु फुटबलमा भने छोटो समयको लिग हुने गरेको छ । लिगको निरन्तरतामा धेरै प्रश्नहरु उठ्ने गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले करिब पाँच बर्षपछि 'ए' डिभिजन लिगको आयोजना गर्यो । रेलिगेशन विनाको लिगले सर्वत्र चर्को आलोचन समेत खेप्यो । एन्फा आफैले 'ए' डिभिजन लिगलाई ‘वार्मअप’ लिग भनेर परिभाषित गर्यो ।

घरेलु लिग बन्द हुदाँ धेरै खेलाडी बेरोजगार थिए । कतिले खेल्नै पाएका थिएनन् । राष्ट्रिय टिमका खेलाडीको स्तर खस्किएको थियो ।

झण्डै पाँच बर्षपछि सुरु भएको लिगमा केही नयाँ पुराना अनुहार दृष्यमा आएका छन् । तर राष्ट्रिय टिमका खेलाडीको प्रर्दशन भने तारिफ योग्य रहन सकेन । धेरै खेलाडी फर्ममा देखिन सघर्षरत रहे । फरवार्डहरु गोलका लागि तड्पिरहेका थिए । राष्ट्रिय टिममा निरन्तर उपस्थिति जनाएका खेलाडीहरु ए डिभिजन लिगमा खासै जम्न सकेनन् ।

शीर्ष डिभिजनको लिगमा राष्ट्रिय टिमका मुख्य चार खेलाडीलाई देख्न पाईएन । मिडफिल्डर रोहित चन्दले ईन्डोनेशियामा व्यवसायीक फुटबल खेल्न व्यस्त थिए । गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग खेलिरहेका थिए । मुख्य डिफेन्डर अनन्त तामाङ र आदित्य चौधारी आन्तरिक समस्यामा फसे ।

आदित्यलाई चोटले सतायो भने अनन्त मुख्य दुई क्लबसंगको अनुबन्धन विवादबाट पिरोलिए । राष्ट्रिय टिमका फरवार्ड नवयुग श्रेष्ठ घाईते भएका कारण धेरै समय मैदान बाहिर रहे । सुजर श्रेष्ठ समेत हात भाँचिएपछि लामो सम मैदानमा देखिएनन् । नवयुगले लिगमा जम्मा २ गोल गर्न सफल भए । सुजल भने गोलविहिन रहे ।

अग्रपंक्तिका भरत खवास सुरुवाती खेलमा जम्न नसकेपनि पछिल्लो खेलमा आफुलाई प्रमाणित गरे । लिगमा सर्वाधिक गोल गर्ने तीन खेलाडीको सुचिमा आफुलाई समावेश गर्दै उनले वेस्ट फरवार्डको उपाधि हात पारे । दोहोरो पहेलो कार्डका कारण भरतले दुई खेल गुमाएका थिए ।

राष्ट्रिय टिमका मुख्य स्ट्राईकर विमल घर्तिमगर समेत लिगमा खासै चल्न सकेनन् । लिगमा पाँच खेल खेलेपछि उनी बेल्जियम ट्रायलका लागि उडेका थिए । पाँच खेलमा विमलले मात्र दृुई गोल गर्न सफल भएका थिए ।

राष्ट्रिय टिमका दुई मिडफिल्डर अन्जन विष्ट र सुनिल वलले आफुलाई लिगमा प्रमाणित गर्न सफल भए । विङ्गरको रुपमा मनाङबाट अन्जन र थ्री स्टारबाट सुनिलले राम्रो खेल कौशल देखाए । लिग अवधिभर पुरा समय खेल्ने अन्जन एक मात्र खेलाडी हुन् । आवश्यकता अनुसार बिङ्गगर र स्ट्राईकरको भुमिकामा देखिएका अन्जनले ५ गोल गरेका थिए । सुनिलको नाममा भने एक गोलमात्र रह्यो ।

गोलकिपरमा आर्मीका विकेश कुथु, थ्री स्टारका एलेन न्यौपाने र मनाङका विशाल श्रेष्ठको प्रर्दशन औसत रह्यो । लिगमा तीनै खेलाडीको प्रर्दशन ठिकठाक रह्यो । राष्ट्रिय टिममा रहेर पनि बारम्बार डेब्यु गर्नबाट बञ्चित विशाल लिगको सर्वाेत्कृष्ट गोलकिपर चुनिए ।

राष्ट्रिय टिममा लामो समयपछि पुनरागमन गरेका निराजन खड्का समेत औसत देखिए । मनाङविरुद्ध अस्वस्थ्य देखिएका उनले २२ औ मिनेटमा मैदान छोडेका थिए । पछिल्लो समय चोटबाट पिरालिएका विशाल राईले लिगमा आफुलाई राम्रो मिडफिल्डरको रुपमा प्रमाणित गर्न सफल भए ।

लिग च्याम्पियन मनाङका प्लेमेकर हेमन गुरुङ प्रतियोगिताभर छाउन पुगे । मनाङलाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका उनी सर्वाेत्कृष्ट मिडफिल्डर चुनिएका थिए । अर्का मिडफिल्डर हेमन्त थापा मगर भने लिग अवधिभर लयमा देखिन संघर्षरत रहे । च्यासलको जर्सीमा मैदानमा देखिएका उनले गोलको खाता समेत खोल्न सकेनन् ।

डिफेन्समा पुलिसका दिनेश राजवंश, च्यासलका देबेन्द्र तामाङ र मनाङका विराज महर्जनले सुधारिएको प्रर्दशन देखाउन सफल भए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
रियल पुगे डिन
रियल पुगे डिन
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP