जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
शनिबार, ०३ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबले लगातार दोस्रोपल्ट वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न फाइनलमा जावलाखेलले ह्विलचियर स्पोर्टस् एसोसिएसन (डब्ल्युएसए)लाई १०-८ ले पराजित गर्दै उपाधि हात पारेको हो।
जावलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता डब्लूएसएले १० हजार रुपैयाँमा चित्त बुझायो।
चार टोलीको सहभागिता रहेको प्रतियोगितालाई काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले विशेष सहयोग गरेको थियो।







-1766070495057.jpeg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)