रेनु र नेगी सम्मानित
शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता
काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ।
सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए। रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन्।
प्रशिक्षक लामा ओलम्पिक संरचनामा नेपाललाई पदक दिलाउने पहिलो नेपाली प्रशिक्षक हुन्।





-1772974530090.jpeg&w=3840&q=75)



-1773912955664.png&w=3840&q=75)






-1773889321491.webp&w=3840&q=75)