रेनु र नेगी सम्मानित
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ बिहीबार नगद १० हजारसहित सम्मानित भएकी छन्।
रिभेरा इन्टरनेसनल एकेडेमीले उनी र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरिएको हो। रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन्।
रेनु नेपाल तेक्वान्दो संघको आयोजनामा डिसेम्बर १ देखि ६ तारिखसम्म भएको १३औं कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपकी स्वर्ण विजेता हुन्।
रेनु र नेगी राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन्।






-1766070495057.jpeg&w=3840&q=75)
-1765539955299.jpeg&w=3840&q=75)


-1766026440435.webp&w=3840&q=75)


