मेन्डी घाइते
सोमबार, २१ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। फ्रान्सेली फुटबलर फेर्लान्ड मेन्डी आइतबार रियल मड्रिडले एस्पान्योलमाथि २–० को जित निकाल्दा खेल सुरु भएको १० मिनेटमै घाइते भएका छन्।
यो पछिल्लो चोटका कारण उनी आगामी विश्वकपका लागि फ्रान्सको राष्ट्रिय टोलीमा पर्न सक्ने सम्भावना निकै कम भएको छ। ३० वर्षीय मेन्डी यस सिजन लगातार चोटका कारण समस्यामा छन्। उनी सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सको टोलीमा परेका थिए। तर, त्यसपछि भने राष्ट्रिय टोलीमा बोलाइएका छैनन्।
यस सिजन उनले रियलका लागि ९ खेल मात्र खेलेका छन्। आइतबारको खेलमा उनी बलतर्फ दौडिँदै गर्दा घाइते भएका थिए। उनको दायाँ खुट्टाको मांसपेशीमा चोट लागेको अनुमान गरिएको छ।
रियलले चोटको गम्भीरताबारे तत्काल कुनै विवरण सार्वजनिक गरेको छैन।












-1777808400835.jpeg&w=3840&q=75)