झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

फाइल तस्बिर
इलाम। झापा–११ लाई हराउँदै रेडहर्स फुटबल क्लब इलाम दोश्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा संचालन भइरहेको प्रतियोगितामा इलामले २–० को जित निकालेको हो।
इलामको तर्फबाट हिटेन सुहाङ र विनोद धमलाले गोल गरेका हुन्। खेलको ६०औं मिनेटमा सुहाङले सुरुवाती अग्रता दिलाए। विवेक सुनामको लामो क्रसलाई हेडमार्फत गोल गर्दै सुहाङले सुरुआती अग्रता दिलाए ।
६४औं मिनेटमा धमलाले अग्रता दोब्बर बनाए। हिलाम्मे खेल मैदानमा मध्यभागमा डिफेन्डरले बल नियन्त्रण लिन नसक्दा पाएको अवसरलाई धमलाले गोल गरेका हुन्।
पहिलो गोल गरेका सुहाङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद ७ हजार प्राप्त गरे। प्रतियोगितामा सोमबार म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम र मरिक एफसी धरान भिड्दैछन्।
बैशाख २५ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने छन्।









-1777808400835.jpeg&w=3840&q=75)


