प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

काठमाडौं। इप्सविच टाउनले च्याम्पियनसिपको नियमित सिजनको अन्तिम दिन घरेलु मैदानमा क्विन्स पार्क रेन्जर्सलाई ३–० ले पराजित गर्दै पहिलो प्रयासमै प्रिमियर लिगमा पुनरागमन गरेको छ।
यस जितसँगै स्वतः बढुवा हुने दोस्रो स्थान सुरक्षित गरे।
इप्सविचलाई दोस्रो स्थान सुनिश्चित गर्न जित आवश्यक थियो। पोर्टम्यान रोडमा जर्ज हर्स्ट र जेडन फिलोजिनले सुरुआती गोल गर्दै टोलीलाई सहज बनाएका थिए। खेलको अन्त्यतिर केसी म्याकाटियरले अर्को गोल थप्दै जित पक्का गरे।
इप्सविच २०२३ मा च्याम्पियनसिपमा बढुवा भएको थियो। त्यसको अर्को सिजनमै प्रिमियर लिग पुगेको थियो। तर, गत सिजन मात्र २२ अंकसहित पुनः रेलिगेट भएको थियो।
प्रशिक्षक कियरन म्याकेन्नाले भने,‘यो धेरै अर्थपूर्ण छ। पछिल्ला चार वर्षमा तीन बढुवामध्ये यो सबैभन्दा कठिन थियो। हामीले निकै कठिन अवस्थामा टोली पुनर्निर्माण गरेका छौं र आजको स्थान हामीले योग्यताले पाएका हौं।’









-1777808400835.jpeg&w=3840&q=75)


