आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

आइतबार, २० बैशाख २०८३खेलपाटी संवाददाता
रियलभन्दा १४ कदम अगाडि बार्सिलोना
Loading ad...
mustang rice ad

काठमाडौं। रोबर्ट लेवान्डोव्स्की र फेरान टोरेसले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले शनिबार ओसासुनालाई २–१ ले पराजित गरेको छ।

योसँगै यसै साता स्पेनिस ला लिगा उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। यस जितसँगै बार्सिलोनाले चार खेल बाँकी रहँदा रियल मड्रिडभन्दा १४ अंकको अग्रता बनाएको छ। अब उपाधि जित्नबाट रोक्न रियलले आइतबार एस्पान्योलविरुद्ध जित्नैपर्ने अवस्था छ।

यदि रियलले जित निकाल्यो भने उपाधि दौड अझ एक साता लम्बिनेछ। सोही बेला बार्सिलोनाले आफ्नै मैदान क्याम्प नोउमा रियलविरुद्ध ‘एल क्लासिको’ खेल्नेछ। वैकल्पिक खेलाडी मार्कस रासफोर्डले लेवान्डोव्स्कीको दौडलाई राम्रोसँग पास दिँदै क्रस गरे।

यसलाई ८१औं मिनेटमा लेवान्डोव्स्कीले शक्तिशाली हेडमार्फत गोलमा परिणत गरे। त्यसपछि खेलको अन्तिम मिनेटमा गोलको वर्षा लाग्यो। पाँच मिनेटपछि टोरेसले दोस्रो गोल थपे भने ८९औं मिनेटमा राउल गार्सियाले ओसासुनाका लागि एक गोल फर्काए।

टोरेसले भने,‘हामीले रियलमाथि दबाब बनाएका छौं।’उनले अहिले नै उपाधि जित्ने वा रियललाई हराएर जित्ने अवसर दुवै ठीकै रहेको बताए। यदि रियल एस्पान्योलसँग चुक्यो भने घरमै बसेर उपाधि उचाल्न तयार रहेको पनि उनले बताए।

‘मेरो लागि सकेसम्म छिटो च्याम्पियन बन्नु महत्त्वपूर्ण हो,’ उनले भने,‘त्यसपछि हामी उत्सव सुरु गर्न सक्छौं।’ प्रशिक्षक हान्सी फ्लिकले एल सादार स्टेडियमको ड्रेसिङ रुममा खेलाडीहरूले जितको खुसी मनाइरहेको बताए।

बायर्न म्युनिख पूर्वप्रशिक्षक फ्लिक आफ्नो दोस्रो सिजनमै दोस्रो ला लिगा उपाधिनजिक पुगेका छन्। उनले भने,‘यो हाम्रो लागि ठूलो जित हो। आज हामीले आफ्नो काम गर्‍यौं र म आफ्नो टोलीबाट यही देख्न चाहन्छु।’

बार्सिलोनाका गोलकिपर जोआन गार्सियाले पहिलो हाफमा दुई महत्त्वपूर्ण बचाउ गर्दै खेललाई गोलरहित राखेका थिए। ओसासुनाका स्ट्राइकर आन्ते बुडिमिरले पनि पहिलो हाफअघि पोस्टमा प्रहार गरेका थिए।

यो सिजन घरेलु मैदान पाम्प्लोनामा ओसासुनाको यो मात्र तेस्रो हार हो। टोली तालिकाको १०औं स्थानमा छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो