मेसीको शतकीय खेलमा मियामी पराजित

काठमाडौं। इन्टर मियामीको ११ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ।
सह–मालिक डेभिड बेकह्यामको ५१औं जन्मदिनकै दिन मियामी नयाँ घरेलु मैदानमा पहिलो जितनजिक थियो।
तर, इन–स्टेट प्रतिद्वन्द्वी ओरलान्डो सिटीविरुद्ध ३–० को अग्रता लिएपनि मियामी पराजित हुन पुगेको हो।
मार्टिन ओहेदाले ह्याट्रिक गरे। टायरेस स्पाइसरले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गरे र ओरलान्डो सिटीले शनिबार राति इन्टर मियामीलाई ४–३ ले स्तब्ध पार्दै पराजित गर्यो।
यससँगै एमएलएस च्याम्पियन मियामीको सबै प्रतियोगितामा जारी ११ खेलको अपराजित यात्राको अन्त्य भयो।
क्लबका लागि आफ्नो १००औं खेल खेलिरहेका मेसीले एक गोल र दुई असिस्ट गरे। तर, त्यो पनि पर्याप्त हुन सकेन। नयाँ स्टेडियममा मियामीको कीर्तिमान ०–१–३ मा झर्यो।
मियामीका लागि इयान फ्रे र तेलास्को सेगोभियाले पनि गोल गरे। टोली यसअघि सबै प्रतियोगितामा ११ खेल (५–०–६) र एमएलएसमा ९ खेल (५–०–४) अपराजित रहेको थियो।
ओरलान्डो सिटी (३–७–१) ले यस खेलअघि गत सिजनदेखि प्लेअफसहित १५ एमएलएस खेलमध्ये दुई मात्र जितेको थियो। यस सिजन एमएलएसमा ‘अवे’ खेलमा पनि उनीहरूको कीर्तिमान ०–४–१ थियो।
तर, यी सबै तथ्यांक अर्थहीन रहे। ओहेदाले ३९औं मिनेटमा गोल गर्दै पहिलो हाफको अन्त्यतिर स्कोर ३–१ बनाएका थिए। त्यसपछि उनले ६८औं मिनेटमा अर्को गोल गर्दै खेललाई रोचक बनाए।
७३औं मिनेटमा बराबरी गर्ने उत्कृष्ट अवसर पाए पनि इन्टर मियामीका गोलकिपर डेन स्ट. क्लेयरले अगाडि बढेर नजिकबाट बचाउ गर्दै स्कोर ३–२ मै रोके। तर, ओहेदालाई रोक्न सकिएन। उनले ७८औं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै खेल ३–३ को बराबरीमा ल्याए।
८०औं मिनेटमा पनि उनले अर्को मौका पाए। यसलाई स्ट. क्लेयरले बचाउ गरेका थिए। अन्ततः स्पाइसरले विजयी गोल गरे। मेसी र इन्टर मियामीका खेलाडीहरूले केही निर्णयमा असन्तुष्टि जनाउँदै बहस गरे पनि समय समाप्त भयो।
फिफा विश्वकपका कारण हुने सात हप्ताको विश्रामअघि मियामीले अझै चार खेल खेल्न बाँकी छन्।











-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)