काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी दर्ता प्रक्रिया आजबाट (मंगलबार) सकिदैछ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनका लागि खेलाडी प्रक्रिया मंगलबारबाट सकिने जनाएको छ । आयोजक एकेडमीले गत पुस ४ गतेबाट खेलाडी दर्ता प्रक्रिया खुल्ला गरेको थियो । यस पटक खेलाडीले आफ्नो न्युनतम मुल्य राखेर दर्ता प्रक्रियामा आफुलाई सहभागि गराउन पाउने प्रावधान राखिएको छ ।
तेस्रो संस्करणको डीपीएलका लागि खेलाडी लिलामी (अक्सन) पुस २२ गते हुने आयोजकले जनाएको छ । जसमा नाम दर्ता भएका खेलाडी सहभागी हुनेछन् ।
डीपीएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।
नेपाल र संयुक्त अरब ईमिरेट्स युएईबीच हुने एकदिवसीय र टी-ट्वान्टी सिरिजका कारण डीपीएल एक साता पछि सरेको हो।