नेपाल पहिले बलिङ गर्दै, टोलीमा चार परिवर्तन

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए विरुद्ध पहिले बलिङ गर्दैछ ।
पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
भारत ए सँगको पछिल्लो खेलमा टोलीमा रहेका चार खेलाडी परिर्वतन गरिएको छ । भिम सार्कीको स्थानमा सन्दीप जोरा तथा आसिफ शेखको स्थानमा अर्जुन साउदले मौका पाएका छन् ।
सोमपाल कामीको स्थानमा प्रतिश जि.सी तथा ललित नारायण राजवंशीको स्थानमा श्याम ढकालले मौका पाएका छन्।
समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।
यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।














