काठमाडौं। टप एन्ड टी–२० सिरिजमा पहिलो जितको खोजीमा रहेका नेपाल राष्ट्रिय क्रिकेट टोलीले मंगलबार होबर्ट हुरिक्यान्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ।
काजालिस एरिनामा पामर्स्टनमा खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाल तीन खेलसम्म जितविहीन छ। पहिलो खेलमा नेपाल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने टेस्ट राष्ट्र बंगलादेश ‘ए’सँग ३२ ले निराश हुनुपर्यो। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले फेरि निराश भयो।