• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)लाई समर्थन गर्दै अभिव्यक्ति दिएको भन्दै पूर्वप्रशिक्षक तथा खेलाडी कृष्ण थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण सोधेको छ।

एन्फा महासचिव किरण राईले मंगलबार उनलाई पत्र पठाउँदै सात दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन्। पत्रमा भनिएको छ, ‘पूर्वप्रशिक्षक तथा राष्ट्रिय टोलीका पूर्वखेलाडीको हैसियतमा दिइएको अभिव्यक्तिले महिला राष्ट्रिय टिममा साम्प्रदायिक भावना फैलाउने खतरा देखिएको छ।’

थापाले एक अन्तर्वार्तामा राष्ट्रको इज्जत प्रतिष्ठाभन्दा पनि व्यक्तिगत स्वार्थका लागि कप्तान नियुक्तिको विषयमा अनावश्यक विवाद निम्ताइएको धारणा व्यक्त गरेका थिए। उनले भनेका थिए,’’साम्बालाई कप्तान दिँदैमा उहाँहरूलाई टाउको दुख्ने कुरा हुन्छ? प्रशिक्षकले नै कप्तान नियुक्त गर्ने हो।’

उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा कप्तानको विवाद सतहमा आएको थियो। सन् २०१९ देखि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले कप्तानी गरिरहेकी थिइन्। तर, लाओससँगको पहिलो खेलमा उनी सुरुआती ११ मा नपरेपछि हेड अफ डेलिगेसन बनेर गएकी एन्फा केन्द्रीय सदस्यसमेत रहेकी सरिला श्रेष्ठले कप्तानी आर्मब्यान्ड मिडफिल्डर रेनुका नगरकोटीलाई लगाइदिएकी थिइन्।

एन्फाले प्लेइङ ११ सार्वजनिक गर्दा रेनुका कै नाम थियो। तर, पछि मैदान उत्रिँदा भने फरवार्ड साम्बाले कप्तानी आर्मब्यान्ड लगाएकी थिइन्। उक्त कुरामा थापाले आफ्नो धारणा राखेका हुन्।

उनले सार्वजनिक रूपमा कप्तान नियुक्तिलाई पदाधिकारी वा सदस्यको व्यक्तिगत स्वार्थसँग जोडेर अभिव्यक्ति दिँदा राष्ट्रिय महिला टिममा अनावश्यक विवाद सिर्जना भएको एन्फाको तर्क छ। त्यसैले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

पत्रमा भनिएको छ, ‘यस विषयमा तपाईँसँग भएको प्रमाणसहित किन र कति कारणले यस प्रकारको अभिव्यक्ति दिनुभएको हो? स्पष्ट पार्न आवश्यक छ। अन्यथा नेपालको प्रचलित कानुन बमोजिम प्रक्रिया अघि बढाइनेछ।’

पत्रमा थापाले लामो समयदेखि राष्ट्रिय खेलकुद परिषद्मार्फत प्रशिक्षक र मुख्य प्रशिक्षकको जिम्मेवारीसहित हाल गोल्डमेडलिष्टको रूपमा विशेष भत्तासमेत निरन्तर लिँदै आएको एन्फाले स्मरण गराएको छ।

उक्त पत्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवलाई समेत बोधार्थ पठाइएको छ। यस विषयले गर्दा एन्फाले थापाको खाइपाइ आएको भत्तासमेत रोक्ने प्रयास गरेको संकेत देखिन्छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP