काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्नलाई सिड्नी थण्डरले जितका लागि १८२ रनको मध्यम लक्ष्य दिएको छ ।
क्यानबेरामा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्दै मध्यम लक्ष्य दिएको हो ।
सिड्नीका लागि जासोन सांघाले अविजित ६३ रन जोडे । यस्तै ड्यानियल सामले ३४ तथा कप्तान शेन वाट्सनले २२ र जोस बट्लरले २० रन जोडे ।
मेलबर्नका आडम जाम्पा र डेब्यु खेलाडी सन्दीप लामिछानेले २/२ विकेट लिए ।
सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका हुन् । र, सन्दीप बिग बास लिगमा २ विकेट लिने पहिलो खेलाडी बने ।
सन्दीपले पहिलो ओभरमा भने उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । किफायती बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् ।
सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले म्याकुलम फेर्गुसनलाई १५ रनमा आउट गरेका थिए ।
दोस्रो ओभरमा भने सन्दीपले ६ रन खर्चिए । यस्तै तेस्रो ओभरमा १३ रन खर्चेको सन्दीपले आफ्नो अन्तिम ओभरमा भने ८ रन खर्चिएका थिए ।