काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
क्यानबेरामा जारी सिड्नी थण्डरविरुद्ध डेब्यु गरेका मेलबर्न स्टार्सका सन्दीपले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शनसहित २ विकेट लिन सफल भएका छन् । र, सन्दीप बिग बास लिगमा २ विकेट लिने पहिलो खेलाडी बने ।
सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका हुन् ।
सन्दीपले पहिलो ओभरमा भने उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । किफायती बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् ।
सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले म्याकुलम फेर्गुसनलाई १५ रनमा आउट गरेका थिए ।
दोस्रो ओभरमा भने सन्दीपले ६ रन खर्चिए । यस्तै तेस्रो ओभरमा १३ रन खर्चेको सन्दीपले आफ्नो अन्तिम ओभरमा भने ८ रन खर्चिएका थिए
टी-ट्वान्टी क्रिकेटमा निकै व्यस्त रहेका सन्दीप दुई साता अघि अष्ट्रेलिया गएका थिए ।
बिग बास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेल खेलेपछि बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।
यस सिजन निकै व्यस्त रहेका सन्दीपले हालै युएईमा टी-१० लिग खेलेका थिए । यस्तै सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटलले रिटेन गरेको छ ।