काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यु खेलमै चम्किएका छन् ।
सिड्नी थण्डरविरुद्ध डेब्यु गरेकामेलबर्न स्टार्सका सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका छन् । किफायती बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् ।
सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले म्याकुलम फेर्गुसनलाई १५ रनमा आउट गरे ।
दोस्रो ओभरमा भने सन्दीपले ६ रन खर्चिए ।
