काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासमा डेब्यु गरेका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीप सिड्नी थण्डरविरुद्धको खेलमा सुरुवाती ११ मा परेका छन् । र, सन्दीपले बिग बास लिगमा पहिलो सिजनको पहिलो खेलमै डेब्यु गरेका छन् ।
क्यानबेरामा जारी खेलमा सिड्नी थण्डरविरुद्ध मेलबर्नले टस (ब्याट फ्लिप) जितेको छ । ब्याट फ्लिप जितेपछि मेलबर्नले पहिले फिल्डिङ रोजेको छ ।

मेलबर्न ग्लेन म्याक्सवेलको कप्तानीमा मैदानमा छन् । यस्तै सिड्नी सेन वाट्सनको कप्तानीमा रहेको छ ।
बिग बास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेल खेलेपछि बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।
यस सिजन निकै व्यस्त रहेका सन्दीपले हालै युएईमा टी-१० लिग खेलेका थिए । यस्तै सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटलले रिटेन गरेको छ ।