काठमाडौं। स्पेनले युइएफए महिला युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
स्विट्जरल्यान्डको वाङ्कडोर्फ रंगशालामा बिहीबार सम्पन्न आफ्नो पहिलो खेलमा स्पेनले पोर्चुगलविरुद्ध ५-० को एकतर्फी जित दर्ता गरेेको शो
योसँगै समूह ‘बी’ मा रहेको स्पेनले ३ अंक जोडेको छ। स्पेनलाई जित दिलाउन एस्थर गोन्जालेजले दुई तथा विकी लोपेज, कप्तान एलेक्सिया पुटिलास र क्रिस्टिना मार्टिन प्रिएटोले समान एक गोल गरे।
यही समूहको अर्को खेलमा इटालीले बेल्जियमविरुद्ध १-० को कठिन जित निकाल्यो। एरियाना कारुसोले गरेको एकमात्रै गोल इटालीको जितमा पर्याप्त बन्यो।