काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट आगामी शनिबार शुरु हुदैछ । प्रतियोगितामा ६ शहरका टिमलाई फ्रेन्चाईज गरेर खेलाउन लागिएको छ ।
यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन् ।
ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागी सबै टिमको लक्ष्य उत्कृष्ट प्रदर्शन गरेर बिजेता बन्ने छ । आयोजक ईपीएलले बिहिबार ट्रफी सार्वजनीक गरेसंगै तेस्रो संस्करणको प्रतियोगिताको उपाधि कुन टिमले उचाल्छ भनेर चर्चा सुरु भएको छ ।

टिम बारे के भन्छन् कप्तानहरु ?
पारस खड्का : विराटनगर वारिवर्स
अघिल्लो सिजनको प्रर्दशनलाई यसपटक समेत निरन्तरता दिने छौँ । तर, तेस्रो संस्करणमा त्यो मेहनतले मात्र पुग्दैन । अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको छ । सबै टोली बलिया छन् । सबै टोलीमा बिदेशी खेलाडी पनि राम्रा छन् । प्रतियोगिता खेल्न धेरै आतुर छु । प्रतियोगिता नयाँ खेलाडीका लागि ठुलो अवसर हो । ईपीएलमा विराटनगरले राम्रो प्रर्दशनलाई निरन्तरता दिनेछ ।
ज्ञानेन्द्र मल्ल : ललितपुर प्याट्रियस
खेलाडी नामले भन्दा कामले बढी चिनिने हो । हामीलाई लाग्छ, जुन खेलाडीलाई हामीले टिममा समावेश गरेका छौ, उनीहरुले उत्कृष्ट प्रर्दशन गर्नेछन् । हामीले खेलाडीको नाम भन्दा कामको भुमिका बढी देखेका छौ । हाम्रो टिम बलियो छ । हाम्रो टिमको लक्ष्य भनेको विजेता बन्ने हो । हाम्रो तयारी त्यसैमा केन्द्रित छ ।
काइल जेम्स कोट्जर : पोखरा राईनोज
नेपाल बसाँई उपलब्धि मुलक बन्दैछ । प्रतियोगिता मेरो लागि समेत उपलब्धि मुलक बन्ने आश गरेको छु । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने हाम्रो लक्ष्य हो । टिममा सबै खेलाडी राम्रा छन् । विश्वास छ, सबै खेलाडीले मेहनत गर्नेछन् ।
शरद भेषवाकर : भैरहवा ग्लाडीयटर्स
टिम निकै राम्रो बनेको छ । हामीले थप एक विदेशी खेलाडी मगाएका छौ । टिमको व्यवस्थापन निकै राम्रो छ । सबै टिममा राम्रो खेलाडी छन् । बिश्वास छ, तेस्रो सस्करणमा टिमको प्रदर्शन राम्रो हुनेछ । अन्य टोलीजस्तै हाम्रो लक्ष्य समेत विजेता बन्ने हो ।
पृथु बस्कोटा : चितवन टाईगर्स
टिम निकै राम्रो छ । राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हामीसंग छन् । पहिलो पटक कप्तानको भुमिकामा छु । विश्वास छ, सफल हुनेछु । हामीले केही युवा खेलाडीलाई अवसर दिने प्रयास गरेका छौ । जसले गर्दा टिमलाई अझ सफलता मिल्ने विश्वास लिएको छु ।
सोमपाल कामी : काठमाडौं किंग्स इलाभेन
अनुभवी टोली हो, काठमाडौं । टिम राम्रो बनेको छ । बिदेशी खेलाडी राम्रा छन् । सबैको ट्युनिङ मिलेको छ । लाग्छ, हामी सफल हुनेछौ । हामीलाई होड ग्राउण्डमा खेले जस्तो हुनेछ । जसले उपाधि होडमा हाम्रो सम्भावना बारे बोल्नेछ ।
ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्ने छन् ।