काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएलले बिहिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो ।
ईपीएल ट्रफी सहभागी ६ टोलीका कप्तानहरुले सार्वजनिक गरेका हुन् । प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकम भने खुलाईएको छैन ।

ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो दिन उद्घाटन खेल हुनेछ । दोस्रो दिनबाट एकै दिन दुई खेल हुने आयोजकले जनाएको छ ।
आगामी पुस ६ गतेसम्म सञ्चालन हुने दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ । यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन् ।
ईपीएलको खेल तालिका -
