एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्वको पहिलो टेष्ट क्रिकेटको पहिलो दिन भारतले मध्यम प्रदर्शन गरेको छ ।
एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ९ विकेट गुमाएर २५० रन जोडेको छ ।
चेतेश्वर पुजाराले शतकीय इनिङस खेलेपनि भारतले उच्च स्कोर बनाउन सकेन । पुजाराले १२३ रनको योगदान दिए । अन्य भारतीय ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।
कप्तान बिराट कोहली ३ रनमा आउट हुँदा रोहित शर्माले ३७ रन जोडे । ऋषब पन्त र रविचन्द्र आश्विनले २५/२५ रन जोडे ।
भारतको इनिङस सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्क्स, पाट कुमिन्स, जोश हाजलवुड र नाथन लयोनले २/२ विकेट लिए ।
अष्ट्रेलिया र भारतबीचको चार खेलको टेष्ट सिरिज एडिलेडमा सूरु भएको हो । भारतीय टिमले अहिलेसम्म अष्ट्रेलियाको भुमीमा टेष्ट सिरिज जितेको छैन ।