काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि ललितपुर प्याट्रीयट्सले ट्यालेन्ट हन्टबाट कमल खत्री छनोट गरेको छ ।
गत मंसिर १२ गते आयोजना गरिएको ट्यालेन्ट हन्टमा उत्कृष्ट चुनिदै कमल ईपीएलका लागि छनोट भएको ललितपुरले प्रेस विज्ञप्तिबाट जानकारी गराएको छ ।
ट्यालेन्ट हन्टका लागि आएका १०६ जना खेलाडीबाट ललितपुरले उत्कृष्ट १८ छनोट गरेको थियो । उक्त १८ खेलाडीलाई केहि दिनको अभ्यासपछि कमल छनोट भएका हुन् ।
ललितपुरका प्रशिक्षक राजु बस्नेत र कप्तान ज्ञानेन्द्र मल्लले कमललाई छनोट गरेको हो । कमल लेफ्ट आर्म मिडियम फास्ट बलर तथा बायाँ हाते ब्याट्सम्यान हुन् ।
मंसिर २२ बाट सुरु हुने ईपीएलका लागि ललितपुरले विदेशी कोटामा भारतका जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई अनुबन्ध गरिसकेको छ ।