काठमाडौं । आगामी शनिबार सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि लण्डनबाट चियर लिडर्स ल्याईएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागि हुने ६ चियर लिडर्सलाई सार्वजनीक गरिएको हो ।
घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार ६ जना चियर्स लिडर्सलाई दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् ।
मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्विमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।