काठमाडौं । सेन्चुरी बैंकले पाँचौ संकरणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सस क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एनआईसी एसियालाई ३ विकेटले पराजित गर्दै सेन्चुरी च्याम्पियन बनेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एनआईसीले ५ ओभरमा ७६ रन जोडेको थियो । उसका लागि सन्दीप कार्कीले ३१ तथा संजोक शर्माले २४ रन जोडे ।
एनआईसीले दिएको ७७ रनको लक्ष्य सेन्चुरीले ३ विकेटको क्षतिमा ५ ओभरमा पुरा गर्यो । सेन्चुरीका शुबास शर्माले २१ तथा विष्णु तिवारीले १९ रन जोडे ।
उपाधिसंगै सेन्चुरीले गिफ्ट ह्याम्पर तथा अर्को बर्षको प्रतियोगितामा निशुल्क खेल्ने मौका पाएको छ । प्रतियोगितामा जनता बैंकले फेयर प्ले अवार्ड जित्यो ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी सुरज तिमल्सिना घोषित हुँदै नगद १० हजार, ३२ इन्जको टेलिभिजन र चिरायु हस्पिटलको मेडिकल प्याकेज प्राप्त गरे ।
यस्तै प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान रोजन प्रधान र बलर सुमित श्रेष्ठले नगद १०/१० हजार प्राप्त गरे । दुवैले चिरायु हस्पिटलको मेडिकल प्याकेज प्राप्त गरे ।
यस्तै उत्कृष्ट विकेट किपर सुबास शर्मा, फिल्डर केदार सिंह र सर्वाधिक छक्का प्रहर गर्ने खेलाडी सुरज तिमल्सिना चुनिए । उनीहरुले गिफ्ट ह्याम्पर र चिरायु हस्पिटलको मेडिकल प्याकेज प्राप्त गरे ।