काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा समेत नेपालका सन्दीप लामिछानेले खराब प्रर्दशन गरेका छन् ।
बेंगाल टाईगर्सविरुद्वको खेलमा केरला किङ्सबाट खेलेका सन्दीपले एक ओभर बलिङ गर्दै २० रन खर्चिएका छन् । उनको बलमा बेंगालले ३ छक्का प्रहार गरेको थियो ।
पहिले ब्याटिङ गरेको बेंगालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २३ रन बनाएको छ ।
उनकै खर्चिलो बलिङमा हिजो केरलाले नर्दन वारिवर्सविरुद्वको खेल गुमाएको थियो । उनले २ ओभर बलिङ गर्दै ४७ रन खर्चेका थिए । जसमा उनी विकेट विहिन रहेका थिए ।
पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान ईयान मोगार्नले आज दोस्रो ओभर बलिङनै गर्न दिएनन् ।