काठमाडौं । पोखरा राईनोजले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि नेपाली मुलका हङकङका क्रिकेटर सन्नी भिमसरियालाई अनुबन्धन गरेको छ ।
हङकङको राष्ट्रिय टिमका सदस्य समेत रहेका सन्नीलाई पोखराले क्लबमा भित्राएको हो ।
उनले हङकङको अन्डर १९ टोलीबाट सन् २०११ देखी २०११ सम्म खेलेका थिए । उनले हङकङको राष्ट्रिय टिमबाट सन् २०११ यता खेल्दै आएका छन् ।
अलराउण्डर समेत रहका सन्नी ब्याट्सम्यानका साथै दायाँ हाते लेग स्पिनर समेत हुन् ।
पोखराले अनुबन्धन गरेको सन्नी चौथो विदेशी खेलाडी हुन् ।
नेपाली मुलका हङकङका खेलाडी सन्नीले अगाडी बढ्ने क्रममा रहेको नेपाली क्रिकेटको हिस्सा बन्न पाउदाँ आफु उत्साहित भएको बताएका छन् ।