काठमाडौं । सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स च्याम्पियनसिपमा नविल बैंक, सुर्य नेपाल, अन्नपुर्ण मिडिया, सुबिसु र सिप्रदी प्रि क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।
समुह चरणको खेलमा जित निकाल्दै सबै टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
समुह ए को खेलमा नविल र सुर्य नेपालले ओम डेभलपमेन्ट बैंकलाई पराजित गर्दै प्रि क्वार्टरफाईनलमा स्थान पक्का गरे । दुवै खेलमा पराजित ओम डेभलपमेन्ट प्रतियोगिताबाट बाहिरियो । नविल र सुर्य नेपालले समान २ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरे ।
अन्नपुर्ण मिडिया र सुबिसुले समेत ई सेवालाई पराजित गर्दै प्रि क्वार्टरफाईनलमा स्थान पक्का गरे । समुह डीको खेलमा अन्नपुर्ण र सुबिसुले समान २ अंक जोडे । अंक विहिन हुँदै ई सेवा प्रतियोगिताबाट बाहिरियो ।
अर्को खेलमा सिप्रदीले समुह ईको खेलमा दुई जित निकाल्दै प्रि क्वार्टरफाईनल प्रवेश गरेको छ । समुह चरणको खेलमा कुमारी बैंक र एनएमबी बंैकलाई पराजित गर्दै सिप्रदी अन्तिम १६ मा प्रवेश गरेको हो ।
अन्य खेलमा सनराईजले टाईगर्स ब्रुअरी, सेन्चुरीले सिभिल बैंकलाई पराजित ग¥यो ।