एजेन्सी । पाहुना टोली भारत र अष्ट्रेलियाबीचको दोस्रो टी-ट्वान्टी क्रिकेट बर्षाको कारण रद्द भएको छ । शुक्रबार लगातार वर्षा भएपछि दुई टोलीबीचको दोस्रो खेल नतिजाबिहिन बनेको हो ।
मेलबर्नमा अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर १३२ रन जोडेको थियो ।
वर्षाले खेल रोकिनुअघि अष्ट्रेलियाका बेन म्याकडरमोटले अविजित ३२ रन जोडेका थिए । यस्तै नाथन मिचेलले अविजित १८ रन जोड्दा ग्लेन म्याक्सवेलले १९ रन बनाएका थिए ।

भारतका भुवनेश्वर कुमार र खलिल अहमेदले २/२ विकेट लिएका थिए । त्यसपछि निरन्तर वर्षा जारी रहेपछि दोस्रो इनिङस भएन र खेल रद्द भएको घोषणा गरिएको थियो ।
दोस्रो खेल रद्द भएसंगै ३ खेलको टी-ट्वान्टी सिरिजमा अष्ट्रेलियाले १ - ० को अग्रता कायम राखेको छ । पहिलो खेलमा अष्ट्रेलियाले ४ रनको जित निकालेको थियो ।