एजेन्सी । अष्ट्रेलिया आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा वेष्ट इण्डिजलाई ७१ रनले हराउदै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो ।
नर्थ साउथस्थित सर भिबियन रिचार्ड स्टेडियममा अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज१७ ओभर ३ बलमा अलआउट हुँदै ७१ रनमा समेटियो ।
वेष्ट इण्डिजका स्टाफानी टेलरले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियाका लागि एल्से पेरी, डेलीसा किमिन्स र गार्डनरले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभरमा ५ विकेट गुमाएर १४२ रन जोडेको थियो । अष्ट्रेलियाका लागि एलिसा हेलीले ४६ र मेग लनिङले ३१ रन जोडिन । राचेल हायनेस २५ रनमा अविजित रहे ।
अब अष्ट्रेलियाले फाइनलमा भारत र इंग्ल्यान्डबीचको बिजेतासंग खेल्नेछ ।