बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्रेथवेटको अविश्वसनीय यात्रा !

शनिबार, ३१ जेठ २०७७बिक्रम बुढा क्षेत्री
ब्रेथवेटको अविश्वसनीय यात्रा !
Loading ad...
mustang rice ad

एजेन्सी । मार्टिन ब्रेथवेट आफ्नी श्रीमतीसँग कुरा लुकाइरहेका थिए । जति उनी कुरा लुकाउँदै थिए, श्रीमतीमा उतिनै शंका बढ्दै गएको थियो ।
जब मार्टिन एनी लौरेसँग आफ्नो कुरा राख्न लागेका थिए, एनी उनीसँग गर्जिएर बोलेकी थिइन् ।

‘उनलाई शंका त थियो किनभने मलाई धेरै फोन आउथ्यो र म फोनमा बोल्न बाहिर हिउँ जम्ने चिसोमा जान्थे।’ मार्टिनले हाँस्दै भने, ‘मलाई कुनै मानसिक बिसन्चो भएको छ कि भनेर उनी अत्तालिन्थिन ।’

‘त्यस रात मैले उनलाई एउटा कुरा सुनाउँछु भन्दा उनले आफुलाई सबै थाहा भइसकेको प्रतिक्रिया दिएकी थिइन् ।’ मार्टिनले थपे ।

उनले गोप्य राख्न खोजेको कुरा एनिले चाल पाइसकेकी थिइन् । उनले आफू बार्सिलोनामा अनुबन्ध हुने पक्का नहुन्जेल हप्तौसम्म कुरा गोप्य राखेका थिए । उनले केबल एनीसँग मात्र नभई कसैलाई पनि बताएका थिएनन् ।

‘जुन दिन मैले उनलाई बताउन लागेको थिए, सबै कुरा बाहिर आइसकेको थियो, मेरो फोन दिनभर बजिरहेको थियो । उनको फोन पनि त्यस्तै थियो, त्यसैले जब मैले उनलाई सरप्राइज दिन खोजेको थिए, त्यो पूरा हुन सकेन । म उनको अनुहारमा आश्चर्य देख्न चाहन्थें । उनी निकै खुशी थिइन् ।’ उनले अगाडी भने ।

मार्टिन बार्सिलोना जाने बेलामा उनको क्लब लेगानेस रेलिगेसन जोनमा थियो । उनी लेगानेसबाट बार्सिलोना गए, लियोनेल मेस्सीसँग उनी एउटै मैदानमा खेल्ने भए ।

Martin Braithwaite "is not in Barcelona to sign autographs ...

उनी बार्सिलोनाबाट पहिलो खेल खेल्दा परिवर्तन भएर दोश्रो हाफमा मैदान आएका थिए । उनले बल उत्कृष्ट ठाउँमा पाए । बल र किपरलाई हेरे र आक्रमण गरे । तर बल पोस्टमा भने गएन । बल सिधै दर्शक भएको ठाउँमा गएको थियो ।

यति भन्दा मार्टिन हाँसीरहेका थिए । उनलाई थाहा थियो, त्यसपछि के भएको थियो । उनले सो खेलमा दुई एसिस्ट दिएका थिए, त्यो मध्य एक एसिस्ट मेस्सीलाई थियो ।

मेस्सीले गोल गरेपछि मार्टिनलाई अँगालो हालेका थिए ।

मेस्सीले अँगालो हालेपछि उनले रमाइलो गर्दै त्यस दिन लगाएको जर्सी कहिल्यै नधुने बताएका थिए ।

‘यो रमाइलो थियो । मेरो दिमागले अरुले जसरी सोच्दैन । मैले त्यो भन्न १ सेकेण्ड पनि सोचेको थिईन । खेल पछि समर्थकले गाली पनि गरेका थिए । बल खेल्नै नजानेको, बललाई पोस्टको सट्टा दर्शक भएको ठाउँमा पु¥याएको भन्दै म माथी आक्रोश पोखिएको थियो । तर यसले मलाई हाँसो लागेको थियो । फुटबल खेलमा पनि जीवनमा झै खतरा उठाउन सक्नुपर्छ ।’ उनले भने ।

‘यदि तपाई सधैं सुरक्षा घेरामा बस्नुहुन्छ भने सुरक्षित त हुनुहुन्छ तर कहिल्यै त्यहाँबाट बाहिर निस्कन सक्नुहुन्न । म आफ्नो बेइज्जत होला भनेर गल्ती गर्न डराउँदिन । गल्तीले नै मानिसलाई पाठ सिकाउछ । एउटा बच्चा हिँड्न सिक्ने बेलामा लडे भने आफुलाई जज गर्दैनन्, उनीहरु हिडिरहन्छन् र सिकिरहन्छन् ।’ मार्टिनले बताए ।

मार्टिन लेगानेसमा अनुबन्ध हुनु अगाडी लेगानेसको खेलका भिडियो हेर्ने गर्दथे । उनी खेलको रुप बुझ्ने कोशिश गर्दथे, खेलको विश्लेषण गर्ने गर्दथे । लेगानेसमा उनी गुईडो कारिलोसँग नजिक थिए ।

बार्सिलोनामा भने सबैको एउटै केन्द्रबिन्दु छ, लियोनेल मेस्सी । मेस्सीको बयान गर्दै मार्टिनले भनेका थिए, ‘यदि फुटबल धर्म हो भने, मेस्सी भगवान् हुन् ।’

‘मेस्सीले सबैको ध्यान तान्छन् । विपक्षी खेलाडीले आफु वरपर के भइरहेको छ, त्यो पनि भुल्छन् किनकी उनीहरुको ध्यान मेस्सीमा हुन्छ । त्यसबेलामा हामी बाँकी खेलाडीले आक्रमण बुन्न सक्नुपर्छ । हामी आक्रमण गर्न खोज्दा फेरि मेस्सीले स्पेस पाइसकेका हुन्छन् । यो बौद्धिकताको कुरा हो ।’ मार्टिन भन्छन्, ‘मलाई लुइस (स्वारेज)सँग खेल्न एकदमै मन थियो । तर उनी घाइते थिए । अहिले उनी फर्किएका छन् । म उनीसँग प्रश्न गर्छु, म सिक्दै छु । म प्रशिक्षण गर्दा उनलाई धेरै फलो गर्छु ।’

मार्टिनलाई बार्सिलोनाका खेलाडीमा अमुल्य ज्ञान भएको लाग्छ । प्रशिक्षण टोलीले मार्टिनले सबैभन्दा बढी प्रश्न सोध्ने र उनी सिक्न सबैभन्दा बढी अग्रसर रहने बताउँछन् ।

‘म आफुलाई फरक देखाउन चाहदिन । तर म मा उत्सुकता बढी छ । आफुले खेलको बारेमा प्राविधिक र अन्य पक्षलाई फरक तरिकाले बुझ्न चाहान्छु ।’ उनले भने ।

He's come along way from being deemed surplus to requirements at Middlesbrough

मिडलब्रौग र बार्सिलोनाको खेल्ने शैली निकै फरक छ । प्रशिक्षक क्विक सेटियान र टोनी पुलिसको प्रशिक्षणमा खेल्नु निकै फरक छ । टेसाइड (मिडलब्रौग) मा सफल हुन नसकेका मार्टिन अहिले बार्सिलोनामा छन् ।

मिडलब्रौगमा मार्टिनलाई ग्यारी मंकले अनुबन्ध गराएका थिए । मार्टिन पुलिसको खेल्ने तरिकामा फिट नभएको भन्दै मिडलब्रौगले उनलाई लेगानेसमा लोनमा पठाएको थियो । उनलाई उत्कृष्ट खेलाडी नभएको भन्दै पुलिसले आफ्नो टोलीमा लोनबाट नफर्काउने बताइदिएका थिए ।

धेरैले मार्टिनलाई राम्रो खेल्ने प्रयासनै नगरेको आरोप लगाउथे । तर अहिले उनी स्पेनमा जसरी खेलेका छन्, त्यसले ती व्यक्तिलाई जवाफ दिइरहेको छ । मार्टिन भने आफू पहिलेको जस्तै रहेको बताउने गरेका छन् ।

‘म पुलिसप्रती आभारी छु । मैले धेरै सिक्ने मौका पाए । म खेल्न नपाएर दुखी थिइनँ किनकी प्रशिक्षकले कठिन निर्णय लिनुपर्ने हुन्छ । म त्यहाँ उचित हुन सकिंन । तर त्यो कुनै व्यक्तिगत कारण भने थिएन । जीवन नै यहि हो । यसले मेरो भविष्य राम्रो बनाउन मद्दत गरेको हो । तर जे जति कुरा बाहिर आएका छन् ती सबै सत्यभन्दा निकै टाढा छन् । म त्यहाँबाट टाढिएपछि निकै नराम्रा प्रतिक्रिया पाएको थिए ।’ मार्टिन भावुक हुँदै भने ।

‘हामी पनि मानव हौँ । फुटबल केबल खेल होइन, भावना हो । मिडलब्रौगका समर्थक निकै भावुक हुन्छन् । म वाक स्वतन्त्रतामा विश्वास गर्दछु, आफुलाई मन नपरेको कुरा भनिदिन्छु, लुकाउदिन ।’ मार्टिन विगत सम्झँदै भन्छन्, ‘मैले आफ्नो असन्तुष्टि जनाउदा केहिले म माथी नराम्रो आक्षेप लगाए । तर यो पनि मेरो जिवनको एक भाग हो । यो मैले बाँचेको जिवनको भाग हो, मैले सिकेको शिक्षा हो ।’

Martin Braithwaite could end up a LaLiga and Champions League winner at the end of the term

उनका पिता गुयानाका हुन् भने आमा डेनमार्ककी ।

उनले डेनमार्क, बेलायत, फ्रान्स र स्पेनमा खेल्नु अगाडी न्युक्यासल र रेगिनामा ट्रायल दिएका थिए । त्यहाँ उनी खेल्न भने धेरै पाएनन् ।

‘म दुई वर्ष व्हिलचेयरमा बिताएको थिएँ । मलाई लेग(काल्भे)पर्थेस नामको रोग थियो । त्यसले गर्दा खुट्टामा बल लगाउनु हुँदैनथ्यो, बल लगाए, निकै कमजोर हुने डाक्टरले बताएका थिए ।’ उनी सम्झना गर्छन, ‘म ५ वर्षको हुँदादेखि दुई वर्ष व्हिलचेयरमा बसेको थिए । त्यो निकै दुखदायी समय थियो, त्यसैले म त्यो सम्झना गर्न चाहन्न ।’

‘त्यो रोगका बारेमा मलाई अभिभावकले बताउनु भएको थियो । मलाई याद छ, मलाई त्यो बेलामा पनि निकै खेल्न मन लाग्दथ्यो । मलाई व्हिलचेयर छाडेर खेल्न भागौँ जस्तो हुन्थ्यो । मेरो बुवा भन्नुहुन्छ, म फेरि खेल्न लाग्दा उहाँलाई दुख लागेको थियो, किनकी यसले मेरो स्वास्थ्य बिगार्न सक्दथ्यो ।’ उनले थपे ।

उनले यहीबाट समय खर्च नगर्ने बानी सिकेको हुनुपर्छ । उनी एकठाउँमा जम्नका लागि धेरै समय नलिने बताउँछन् । र अब फेरि पनि उनले आफ्नो समयको सदुपयोग गर्नुपर्ने देखिन्छ, यदि उनी ५ वर्ष नै क्याम्प नाउमा बस्न चाहन्छन् भने । उनी पनि यसका लागि दृढ देखिन्छन् ।

‘हामीसँग थोरै समय छ, यसको उपयोग गर्नुपर्छ । हामिले समयले हाम्रो लागि काम गर्ने बनाउन सक्नुपर्छ । म कुनै बाहाना गराउन मन लाग्दैन, म आफुलाई प्रमाणित गर्न सधैं तयार छु ।’ उनले भने ।

उनले बार्सिलोनामा नियमित खेल खेल्न सुरु गर्नै लाग्दा सिजन अबरुद्ध हुन पुग्यो । बार्सिलोनामा खेल्न सुरु गरेको २० दिनमै लकडाउन सुरु भयो ।

उनी आफ्नो घर मड्रिड फर्कनुप¥यो । यसले गर्दा उनले आफ्नो चौंथो बच्चा, भ्यालेन्टिनोको जन्ममा आफ्नी श्रीमतीसँग समय काट्न पाए । उनी भन्छन्, ‘म एकदम खुसी छु, अरुले अहिले(लकडाउनमा) सम्बन्ध तोड्दै गर्दा म आफ्नी पत्नीसँग समय बिताउन पाइरहेको छु । हामी झनै नजिक भएका छौँ ।’

लकडाउनले उनलाई भिडियो विश्लेषणका लागि पनि समय दिएको छ । यस्तै, उनले यो बेलामा आफ्नो लगानी रहेको उद्योग पनि हेर्ने समय पाएका छन्, जुन अल्पसंख्यक नारीका लागि बनाइएको छ ।

The Denmark international is now playing alongside Barcelona talisman Lionel Messi

बार्सिलोना आइतबार ला लिगामा खेल खेल्दै छ । उनिहरु ११ खेल बाँकी रहँदा २ अंकले पहिलो स्थानमा रहेका छन् । उनी बार्सिलोना आएको ३ महिना पछि पुन बार्सिलोनाका लागि खेल्दै छन् तर यो पटक खेल पृथक हुनेछ । किनकी मैदानमा समर्थक हुने छैनन् ।

‘म खाली मैदानमा खुट्टा राखेको पल कल्पना गरिरहेको छु । मैले आफ्नो मानसिकता गराइसकेको छु । अबका खेलमा मानसिकताले ठुलो भुमिका खेल्नेछ । अब हामीसँग एक खेल हा¥यौं, अर्को जित्नेछौ भन्ने समय छैन । सबैले मानसिकता बलियो गराउनु पर्छ ।’ उनी भन्छन् ।

‘म आजकल क्रिसमसको समयमा खुशी हुँदै बालबालिका उठे जस्तो उठ्दछु । किनकी अब हाम्रो खेल सुचारु हुँदै छन् । म उठेर आफैलाई भन्ने गर्छु (म साँच्चै यहाँ (बार्सिलोना)मा छु ।’ उनले भने ।

(द गार्डियनबाट)

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन