प्रभावशाली पीएसजी
-1773803404132.webp&w=3840&q=75)
काठमाडौं। अन्तिम १६ को पहिलो लेगपछि दोस्रो लेगमा पनि पेरिस सेन्ट-जर्मेन (पीएसजी) को अगाडि चेल्सी निरीह बन्यो।
दुई लेगको समग्र नतिजामा ८–२ को फराकिलो जित निकाल्दै डिफेन्डिङ च्याम्पियन पीएसजीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
स्ट्यामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा पीएसजीले चेल्सीलाई ३–० ले पराजित गर्यो।
पहिलो लेगमा ५–२ को अग्रता बनाएको पीएसजीले दोस्रो लेगको छैटौं मिनेटमै गोल गर्यो। डी बक्स बाहिरबाट आएको फ्रिकिक क्लियर गर्न असफल भएपछि मामादु सारको गल्तीको फाइदा उठाउँदै ख्विचा कवारेत्स्खेलियाले सटिक फिनिसिङमार्फत टोलीलाई अग्रता दिलाए।
१४औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए। आशराफ हाकिमीको पासमा उनले तीव्र प्रहार गर्दै जाल चुमाए। त्यसपछि ६२औं मिनेटमा मायुलुले उत्कृष्ट फिनिसिङ गर्दै स्कोर ३–० पुर्याए।
यस जितसँगै पीएसजीले दुई लेगमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएको छ।





-1773802869633.webp&w=3840&q=75)






