दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने
मंगलबार, ०३ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको छ।
जेबी ब्रजेजले बेल्जियमको इयू टी–२० लिग खेल्दैछ। बेल्जियमको यो पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ।
सहभागी टोलीमा जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स छन्।













-1773655510163.jpeg&w=3840&q=75)
-1773650309203.jpeg&w=3840&q=75)
