बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

बुधबार, ०४ चैत्र २०८२खेलपाटी संवाददाता
अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई
Loading ad...
mustang rice ad

काठमाडौं। अफ्रिकी फुटबलमा ठूलो नाटकीय परिवर्तन भएको छ। २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को फाइनलको नतिजा दुई महिनापछि परिवर्तन गरिएको छ।

अपिल बोर्डको निर्णयपछि मोरोक्कोलाई च्याम्पियन घोषणा गरिएको हो। फाइनलमा जित हासिल गरे पनि नियम उल्लंघनका कारण सेनेगलले उपाधि गुमाएको छ।

कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सिएएफ) ले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाएअनुसार फाइनलमा सेनेगलको १–० को जितलाई रद्द गरिएको हो। योसँगै मोरक्को ३–० ले विजयी भएको घोषणा गरिएको छ। यससँगै आयोजक मोरोक्को च्याम्पियन बनेको हो।

फाइनलमा के भएको थियो?

गत १८ जनवरीमा भएको फाइनल खेलपछि विवाद सुरु भएको हो। पहिलो चरणमा सेनेगलका फरवार्ड इस्माइला सारको गोल अस्वीकृत गरियो। त्यसपछि खेलको अन्तिम समयमा भिएआरको सहायताले मोरोक्कोले पेनाल्टी पायो।

उक्त निर्णयप्रति असन्तुष्ट हुँदै सेनेगलका प्रशिक्षक पाप थियावले खेलाडीहरूलाई मैदान छाड्न निर्देशन दिए। सेनेगल टोली करिब १५ मिनेटपछि मैदानमा फर्किएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो।

उक्त समयमा पाप गुएयेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए। योसँगै खेल १–० ले सेनेगलले जितेको थियो। त्यसपछि टोलीले उपाधि जितेको उत्सव पनि मनाएको थियो।

किन भयो यस्तो निर्णय?

सिएएफको नियमअनुसार खेलका क्रममा मैदान छाड्नु गम्भीर अनुशासन उल्लंघन मानिन्छ। मोरोक्को फुटबल महासंघको अपिलपछि सिएएफ अपिल बोर्डले सेनेगलले खेल ‘फरफिट’ गरेको ठहर गरेको हो।

त्यसैले नियमअनुसार मोरोक्कोलाई ३–० को जित प्रदान गरिएको हो। यस निर्णयसँगै मोरोक्कोले आफ्नो दोस्रो अफकन उपाधि जितेको छ। यसअघि उसले सन् १९७६ मा मात्र उपाधि जितेको थियो।

अन्य निर्णय पनि परिमार्जन

सिएएफले मोरोक्कोका इस्माइल साइबारीमाथि लगाइएको १ लाख डलर जरिवाना खारेज गरेको छ भने उनको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा सीमित गरिएको छ।

साथै मोरोक्कोलाई ५० हजार डलर जरिवाना गरिएको छ (पहिले १ लाख थियो)। भिएआर क्षेत्र नजिकको अव्यवस्थाका कारण लगाइएको १ लाख डलर जरिवाना भने यथावत राखिएको छ।

यता, यस निर्णयसँगै सेनेगलले आफ्नो दोस्रो अफकन उपाधि गुमाएको छ। यसअघि उसले सन् २०२१ मा पहिलो पटक उपाधि जितेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार