गर्नसको दमदार पुनरागमन
-1773802869633.webp&w=3840&q=75)
काठमाडौं। पहिलो लेग बराबरीमा सकिए पनि दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै आर्सनलले बायर लेभरकुजेनलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
गनर्सको जितमा एबेरेची एजे र डेक्लान राइस नायक बने। इमिरेट्स स्टेडियममा मंगलबार भएको खेलमा आर्सनलले लेभरकुजेनलाई २–० ले हरायो। दुई लेगको समग्र नतिजामा २–१ को अग्रतासहित आर्सनल अर्को चरणमा पुगे।
खेलको ३६औं मिनेटमा एजेले बक्स बाहिरबाट सानदार भली प्रहार गर्दै गोल गरे। यो च्याम्पियन्स लिगमा उनको पहिलो गोल थियो। यसले खेलको दिशा नै परिवर्तन गर्यो।
सुरुआती समयमा लेभरकुजेनका गोलकिपर यानिस ब्लासविचले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। उनले लियान्द्रो ट्रोसार्ड र डेक्लान राइसका प्रहार रोकेका थिए। तर, एजेको शक्तिशाली प्रहार रोक्न भने असफल भए।
दोस्रो हाफमा आर्सनलले आक्रमणलाई अझ तीव्र बनायो। ६३औं मिनेटमा लेभरकुजेनको कमजोर क्लियरेन्सपछि आएको बललाई राइसले सटिक लो शटमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि खेल पूर्ण रूपमा आर्सनलको नियन्त्रणमा रह्यो।
लेभरकुजेनले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि आर्सनलको बलियो रक्षापंक्ति तोड्न सकेन। खेलको अन्त्यतिर क्रिस्टियन कोफानेको प्रहारलाई गोलकिपर डाभिड रायाले उत्कृष्ट बचाउ गरे।
पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो। मिकेल अर्टेटाको प्रशिक्षणमा उत्कृष्ट लयमा रहेको आर्सनल अब आगामी आइतबार लिग कप फाइनलमा म्यानचेस्टर सिटीसँग भिड्ने तयारीमा रहेको छ।





-1773803404132.webp&w=3840&q=75)






