संकटाको प्रभावशाली सुरुआत
-1773819743320.jpeg&w=3840&q=75)
काठमाडौं। सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमै संकटा फुटबल महिला टिमले स्पष्ट सन्देश दिएको छ, यो सिजन उनीहरूलाई हल्का रूपमा लिन सकिँदैन।
च्यासल मैदानमा बुधबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) माथि ४–० को प्रभावशाली जित निकाल्दै संकटाले आफ्नो लक्ष्य देखाएको हो।
खेलको सुरुआतदेखि नै लयमा देखिएको संकटाले छिटो गोल निकाल्दै एनआरटीलाई सम्हालिनै नदिने रणनीति अपनायो। कप्तान यशोदा शाहीको प्रारम्भिक गोलले खेलको टोन सेट गर्यो। सुक्रीया मिया, लुसिया लेइला जोसे मोकम्बिक्वे र क्विनाबेल अकोसुअ अमनक्रहले पनि गोल थपे।
कप्तान यशोदाले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अघि बढाइन्। त्यसपछि सुक्रीयाले २३औं मिनेटमा संकटाको पकड अझ मजबुत बनाइन्।
आक्रमणलाई निरन्तरता दिँदै लुसियाले तीन मिनेटभित्रै अर्को गोल थपिन्। योसँगै एनआरटीलाई थप दबाबमा पार्यो। त्यसअघि नै क्विनाबेलको गोलले खेललाई पूर्ण रूपमा संकटाको पक्षमा मोडिसकेको थियो।
यो जितसँगै संकटाले तीन अंक बटुल्दै लिग तालिकामा सकारात्मक सुरुआत गरेको छ।





-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)





