भिआइटी गण्डकीको मुख्य प्रायोजक

पोखरा। गण्डकी प्रदेश क्रिकेट संघलाई अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी), मेलबर्नले प्रायोजन गरेको छ।
पोखरास्थित होटल पौवामा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित भई गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन्। उक्त जर्सीमा पुरुष तथा महिला दुवै टोलीका लागि भिआइटीलाई मुख्य प्रायोजक बनेको हो।
भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी) सन् १९९८ देखि सञ्चालनमा रहेको अष्ट्रेलियाको एक स्थापित तथा विश्वासिलो उच्च शिक्षा प्रदायक संस्था हो। यसले मेलबर्न, सिड्नी, एडिलेड र जिलोङलगायत प्रमुख सहरहरूमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उत्कृष्ट अध्ययन वातावरण प्रदान गर्दै आएको छ।
भिआइटीमा नेपालका विभिन्न क्षेत्रबाट आएका ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।





-1771850031377.png&w=3840&q=75)

-1767006224106.jpeg&w=3840&q=75)



-1773819743320.jpeg&w=3840&q=75)

-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)
