इशान किशन बने हैदराबादका कप्तान
बुधबार, ०४ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। इशान किशनले आईपीएलका सुरुआती खेलमा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन्।
फ्रेन्चाइजले प्याट कमिन्स पूर्ण रूपमा फिट नभएसम्म किशनलाई अन्तरिम कप्तान बनाउने निर्णय गरेको हो। कमिन्स अहिले ‘स्ट्रेस इन्जुरी’बाट निको हुँदै छन्। सोही कारण उनी टी–२० विश्वकपबाट बाहिरिएका थिए।
कमिन्सले क्रिकेट अस्ट्रेलियाबाट आईपीएल खेल्न अनुमति पाइसकेका छन्। उनी मार्च २३ मा हैदराबाद टोलीसँग जोडिनेछन्। त्यस्तै, फ्रेन्चाइजले यस सिजनका लागि अभिषेक शर्मालाई उपकप्तान नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यो निर्णय आईपीएल सुरु हुनुभन्दा १० दिनअघि गरिएको हो। डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोरले मार्च २८ मा एम चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।












-1773819743320.jpeg&w=3840&q=75)

-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)