झापामाथि आर्मीको एकतर्फी जित

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक एन्फा महिला लिगको पहिलो खेलमै गोलको वर्षा गरेको छ।
च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० ले पराजित गरेको हो। खेलको सुरुदेखि नै आक्रामक खेलेको आर्मीलाई झापाको रक्षात्मक रणनितीलाई तोड्न सकस पर्यो।
त्यसैले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा गत संस्करण तेस्रो भएको आर्मीले आक्रामक फुटबल खेल्यो। ५६औं मिनेटमा दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्।
६७औं मिनेटमा हिमा चौधरी अग्रता दोब्बर बनाइन्। ८६ औं मिनेटमा दीपाको पासमा अञ्जना थुलुङ राईले सहज गोल गर्दै आर्मीलाई ३–० को सहज अवस्थामा पुराइन्।
निर्धारित खेलको अन्तिम मिनेटमा अञ्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को स्थिति पुर्याइन्। इन्जुरी समयमा तुलसा बोहोराले गोल गर्दै ५–० को एकतर्फी जित दिलाइन्।






-1773819743320.jpeg&w=3840&q=75)
-1773803404132.webp&w=3840&q=75)




-1773802869633.webp&w=3840&q=75)