बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सम्झनामा ललित – सबैको स्विकार्य व्यक्तित्व !

बिहिबार, २९ जेठ २०७७खेलपाटी संवाददाता
सम्झनामा ललित – सबैको स्विकार्य व्यक्तित्व !
Loading ad...
mustang rice ad

काठमाडौं । ललितसंग भेट फुटबलकै माध्यमबाट भएको हो । मैले उसलाई एन्फामै चिनेको हो । खेलाडीको रुपमा धेरै याद गरेको थिएन । एन्फामै आएपछि सहकार्य गरेको हो । ललित मेरा लागि भाई जस्तो मान्छे थियो । फुटबलमा धेरै सहकार्य पनि गरियो । ललित सधै फुटबल प्रति समर्पित, अनुशासित र मिलनशाल ब्यक्तित्व रह्यो । एन्फा एकेडेमी बनाएपछि उसले धेरै काम गरेको छ ।

क्लबलाई ब्यवसायीक बनाउन ललितको ठुलो योगदान छ । क्लबलाई व्यवसायीक बनाउने कामको सुरुवात उसैले गरेको हो । क्लबमा प्रायोजक खोज्ने कामको सुरुवात उसैले गरेको हो । उमेर समूहको फुटबलमा उसको धेरै झुकाब देखिन्थ्यो ।

७० सालको एन्फा चुनावमा उपाध्यक्षमा उम्मेदवारी दिएको थिए । ललित समेत प्रत्यासी थियो । अन्तिममा हामीले उसको नेतृत्व स्विकार गर्यौ । उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएर उसलाई सहयोग गर्यौ । उसले फुटबलमा केही गर्छ भन्नेनै थियो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन पुग्यो ।

७२ सालको भुकम्प गएको समय म केही महिना एन्फा गएको थिएन । ललित एन्फाको कार्यवहाक अध्यक्ष थियो । त्यही समय उसको दुर्घटना हुन पुग्यो । घटना धेरै अकल्पनीय थियो । समय पनि कति चाँडै जाने रहेछ । उसले छाडेर गएको समेत ५ बर्ष बितिसकेछ । ललितको निधनले फुटबललाई धेरैनै क्षति भएको छ ।

ललित भर्खरै एन्फाको नेतृत्वमा पुगेको थियो । सबैको आदरणीय थियो । पदमा पुगेर सबै आदरणीय हुदैनन्, तर ललितमा विशेष गुण थियो । फुटबलमा समर्पित, मिलनसार, ठुलालाई ईज्जत गर्ने, भनेको कुरा नकाट्ने, मिडियासंग राम्रो सम्बन्ध बनाएको, उ सबैको स्विकार्य थियो ।

फुटबलमा सधै केही न केही विवाद भैरहन्थ्यो । गणेश थापाको पालमा नेपाल फुटबल संघ गठन हुँदा मलाई र ललितलाई ठुलो दबाब आएको थियो । तर हामीले राम्रो काममा लाग्न पर्छ भनेर कतै गएनौ । कहिल्यै साथ छोडेनौ । पछि सम्म धेरै कुरा आए, दबाब थेगेरै अघि बढ्यौ ।

ललितको त्यही आत्मविश्वास आजको दिनमा समेत सम्झिन्छु । उसमा आत्मविश्वासको कमि कहिल्यै देखिन । गर्छु भन्ने अठोट लिएर काम गर्ने खालका थियो । काम गर्न सजिलो थियो । सम्झाउन सकिने र सम्झिन सक्ने मान्छे थियो ।

ललितले छाडेर गएपछि एन्फा नेतृत्वमा म आए । युवा फुटबलमा ललितको समर्पण देखेरै हामीले यू–१८ फुटबल च्याम्पियनसिप सुरु गर्यौ । जो नियमित भईरहेको छ । कोरोनाले यस पटक प्रभावित बनाउने देखिएको छ । एन्फासंग बिनम्र अनुरोध गर्छु, अवस्था सामान्य हुने बित्तिकै प्रतियोगिता सञ्चालनमा ध्यान पुर्याईयोस ।

बितेर गएपछि धेरै कुरा आउँछन् । तर ललितको ब्यक्तित्व उच्च थियो ।

संगै हुदाँ धेरै क्षण बिताईयो । तिता मिठा अनुभव गरियो । धेरै काम गरियो । बर्षमा ३ सय बढी दिन रंगशालामा बिताईयो । ललित फुटबलका लागि गर्ने मान्छे थियो । उसले क्लब फुटबलमा गरेर देखायो । क्लबलाई प्रायोजकसंग जोडेर फुटबललाई ब्यवसायीकरण गर्न ललितले धेरै मेहनत गरेको छ । उसको कामबाट अरु क्लबहरुले प्रेरणा लिए । क्लबहरु बिस्तारै ब्यवसायीकरणको बाटोमा अग्रसर भए । ललित त रहेन, तर नेपाली फुटबलले सधै उसलाई सम्झिरहनेछ ।

(एन्फाका तत्कालिन कार्यबहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको पाँचौ स्मृति दिवसका अवसरमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठसंग गरेको कुराकानीका आधारमा ।)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन