बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्जान मेस्सीले जिताएको विश्वकप !

सोमबार, २६ जेठ २०७७खेलपाटी संवाददाता
अन्जान मेस्सीले जिताएको विश्वकप !
Loading ad...
mustang rice ad

एजेन्सी । लियोनेल मेस्सी फुटबल इतिहासका सर्वोत्कृष्ट खेलाडी मध्यका एक हुन् । स्पेनीस क्लब बार्सिलोनाबाट उनले ३४ उपाधि जितेका छन् ।

मेस्सीले सर्वाधिक ६ पटक वालेन डी ओर अवार्ड हात पारेका छन् ।

संसारभर रहेका खेल प्रशंसकहरुमा मेस्सीलाई नचिन्ने सायदै होलान् । उनको उपलब्धि थाहा नहुने निकै कम होलान् ।

विगत डेढ दशकदेखि मेस्सीले आफुलाई संसारकै सबैभन्दा बढी चिनिएका खेलाडी मध्य एक बनाएका छन् । बार्सिलोना र अर्जेन्टिनाका स्टार मेस्सीले आफुलाई संसारसामु २००५ को यू–२० विश्वकप फुटबलबाट चिनाएका थिए ।

FIFA U-20 World Cup 2013 - News - Watch classic U-20 World Cup ...

तर एक समय थियो, जब मेस्सीलाई निकै कमले चिन्दथे । उनलाई आफ्नै टिमका साथीले पनि पूर्ण रुपमा चिन्दैनथे ।

मेस्सी र उनको टिमले नेदरल्यान्डसमा २००५ को यू–२० विश्वकप फुटबलको उपाधी उचाल्नु अघि बार्सिलोनाको कार्यालयले एक पत्र पाएको थियो ।

अर्जेन्टिनी फुटबल संघले बार्सिलोनालाई एक युवा खेलाडीलाई आफ्नो प्रशिक्षणमा सहभागी हुन दिन आग्रह गर्दै निवेदन पठाएको थियो ।

‘फ्याक्स’ मार्फत पत्र प्राप्त गरेपछि बार्सिलोनाका अधिकारीलाई आपतनै प¥यो । किनकी सो पत्रमा लेखिएको खेलाडीको नाम उनीहरुले बुझेनन् ।

सो ‘फ्याक्स’मा लियोनल मेस्सीको नाम सही तरिकाले लेखिएको थिएन । सो ‘फ्याक्स’मा ‘लेओनल मेच्ची’ भनेर लेखिएको थियो । सो नाम बार्सिलोनाले नै सच्यायो, जब बार्सिलोनाले ‘१६ वर्षिय मेस्सी युवा कोपा डेल रेमा हामीसँगै रहन्छन्’ भनेर जवाफ फर्कायो ।

सोही समय मेस्सीले स्पेनको युवा टोलीबाट आएको प्रस्ताव अस्विकार गरिदिएका थिए । तर अर्जेन्टिनाले आफुमाथि विश्वास देखाएपछि मेस्सी पछि हटेनन् । उनले बार्सिलोनालाई अर्जेन्टिना जान अनुमती दिन आग्रह गरे ।

बार्सिलोनाले अनुमती दिएपछि उनी ब्युनोस ऐरिस पुगे ।

उनी अर्जेन्टिनाको एजेइजा प्रशिक्षण केन्द्रमा पुगे । त्यसको चार दिनपछि मेस्सीले अर्जेन्टिनाको जर्सीमा पहिलो खेल खेले । उनलाई खेलाउन र उनी अर्जेन्टिनीनै हुन् भन्ने सन्देश दिन अर्जेन्टिनाले पाराग्वेसँग यू–२० मैत्रीपुर्ण खेल राखेको थियो ।

इस्टाडियो डिएगो म्यारोडोना मैदानमा भएको खेलमा अर्जेन्टिनाले खेल ८–० ले जित्यो ।

‘वार्म अप गर बाबु ! तँलाई खेल्न मन छैन ?’ खेलको हाफ टाइममा जेरार्डो सालोरियोले मेस्सीलाई कराए । सालोरियो टोलीका ‘फिटनेस कोच’ थिए ।

प्रशिक्षक हुगो टोकालीले खेलाडी परिवर्तन गर्ने बेलामा मेस्सीलाई थकित जस्तो देखेर कराएका थिए ।

‘म जब उसँग त्यसरी बोलें, उ सिधै उठ्यो र वार्म अप गर्न गयो ।’ सालोरियो सम्झन्छन्, ‘उसले मलाई सिंहले जसरी हे¥यो र उ छिटो छिटो भाग्न थाल्यो । आजपनी म त्यो हेराई सम्झन्छु ।’

Lionel MESSI discusses Argentina team, 2014, 2006 World Cup, 2005 ...

त्यो सुरुवातबाट नै मेस्सी अर्जेन्टिनाको महत्वपूर्ण खेलाडी बन्न पुगे । उनले सन् २००५ मा दक्षिण अमेरिकी च्याम्पियनसिपमा ६ गोल गर्दै विश्वकपको यात्रा तय गराएका थिए ।

त्यो प्रतियोगिता अगाडी उनी अर्जेन्टिनामा कतै देखिदैन थिए । उनी भन्दा सर्जियो अग्युरो बढी चिनिन्थे । उनले प्राइमेरा डिभिजनमा १५ वर्षको उमेरमा डेब्यु गरेका थिए र आफुलाई स्थापित गराईसकेका थिए । अग्युरोले समेत मेस्सीलाई सुरुमा चिनेका थिएनन् ।

‘उनी(मेस्सी) मेरो दायाँ थिए र म प्रशिक्षक इजेक्वेल गेरे र लौटारो फर्मिकासँग कुरा गर्दै थिए । मैले त्यसबेला अर्जेन्टिनी फुटबल हेर्दथे । युरोपका खेल हेर्दिनथे ।’ अग्युरोले एक अन्तर्वार्तामा सुनाएका थिए, ‘मैले उनलाई नाम सोधे र उनले हाँस्दै लियोनेल भनेका थिए । मैले उनको पूरा नाम सोधे र उनले लियोनल मेस्सी भने ।’

दुई जनाको कुरा सुनेपछि अरु खेलाडीले अग्युरोलाई ‘तिमिले उनलाई चिनेका छैनौ ?’ भनेर सोधेका थिए ।

‘मैले समाचारमा उनको बारेमा सुनेको थिए । उनले ट्रेनिङ गर्न लागेपछि मैले उनी कति राम्रा खेलाडी हुन् भन्ने बुझे ।’ अग्युरोले भनेका थिए ।

बोका जुनियर्सका मिडफिल्डर फर्नाण्डो गागोले समेत प्राइमेरामा आफ्नो प्रभाव जमाइरहेका थिए । त्यसबेलासम्म मेस्सीले प्रशिक्षक फ्रायक रिज्कार्डको नेतृत्वमा बार्सिलोनाका लागि थोरै खेल मात्र खेल्न पाएका थिए ।

यता, अर्जेन्टिनाको समुहमा रहेका अमेरिका, स्पेनमा केही प्रभावशाली खेलाडी थिए । अमेरिकाका १६ वर्षिय फ्रेडी आडु, स्पेनका सेस फ्याब्रिगास त्यो समय सबैको नजरमा थिए ।

प्रतियोगितामा पहिलो खेलमा अर्जेन्टिनाले अमेरिकासँग खेलेको थियो । सो खेलमा मेस्सी पहिलो हाफमा बेन्चमै बसेका थिए ।

प्रशिक्षक फ्रानसिस्को फरारोले ‘अर्जेन्टिनोस जुनियर्स’ टिमका गुस्ताभो ओभरमानलाई मेस्सीको सट्टा पहिलो हाफमा मैदान उतारेका थिए । उनको सो निर्णय माथि अहिले पनि अर्जेन्टिनी समर्थक प्रश्न उठाउँछन् ।

‘मलाई अझै पनी त्यसबारे प्रश्न उठाइन्छ । तर म सधैं भन्दै आइरहेको छु, मलाई टिमका डाक्टरले मेस्सीको मांसपेशीमा दुखाइ रहेको र उनले दोश्रो हाफमात्र खेल्न सक्ने बताएका थिए ।’ फरारोले भने, ‘मेस्सी अन्तिममा निकै प्रभावकारी देखिन्थे, एकदिन उनी आफैले मलाई दोश्रो हाफमा खेल्न बढी मन पर्छ भनेका थिए ।’

फरारोको सो निर्णय अर्जेन्टिनाका लागि गलत सावित भयो । अमेरिकाले पहिलो हाफमा एक गोलको अग्रता लिन सफल रह्यो ।

मेस्सीलाई दोश्रो हाफमा मैदान पठाइएको थियो र उनले सुरुमै उत्कृष्ट ड्रिब्लिङ गरेका थिए । तर अर्जेन्टिनाका लागि खेलमा फर्कने कुनै मौका थिएन ।

अर्जेन्टिनाको हार अझै नमिठो बन्न सक्दथ्यो, जब फ्रेडी आडुले पेनाल्टी पाएका थिए । उनको प्रहार अर्जेन्टिनी गोलरक्षक ओस्कार उस्तारिले बचाइदिएका थिए ।

फरारोले आफ्नो गल्ती बुझे । दोश्रो खेलमा इजिप्टविरुद्ध उनले मेस्सीलाई पहिलो हाफमै मैदान उतारे । मेस्सीले अर्जेन्टिनाका लागि सुरुवाती गोल गर्न सके । उनले पाब्लो जाब्लेटाको पासमा विश्वकपमा पहिलो गोल गरे । सो खेलमा पाब्लोले दोश्रो गोल गरेपछि अर्जेन्टिनाले २–० को जित हात पारेको थियो ।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जर्मनीलाई १–० ले हराउदै नक आउट चरणमा प्रवेश गरेको थियो । त्यस खेलको अन्तिममा मेस्सीलाई बाहिर निकाल्दै अर्का खेलाडीलाई मैदान पठाइएको थियो ।

‘त्यस रात मैले खेलको भिडियो हेर्दै थिए, भिडियोमा मेस्सी देखिएका थिए, जब उनलाई परिवर्तन गरेको थिए । उनको अनुहारमा मेरो लागि रिस प्रष्ट देखिन्थ्यो ।’ फरारोले हाँस्दै भने, ‘केही समयपछि सामोरियो मेरो कोठाको ढोकामा थिए, उनीसँगै मेस्सी पनि आएका थिए । मेस्सी त्यसरात मसँग क्षमा माग्न आएका थिए ।’

समूह चरण पार गरेपछि मेस्सी र अर्जेन्टिना पछि हट्ने वाला थिएनन् । बार्सिलोनाका युवा खेलाडी नक आउट चरणको हरेक खेलमा गोल गर्न सके ।

World Cup U20 Golden Ball winners: Solanke joins Messi - Football ...

कोलम्बियासँगको खेलमा १–० ले पछि परेको अर्जेन्टिनालाई उनले ५८ औ मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए । बारोसोले खेलको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई क्वाटरफाइनलमा पुर्याएका थिए । क्वाटरफाइनलमा अर्जेन्टिनाले स्पेनलाई ३–१ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दै थिए । अर्जेन्टिनाका लागि मेस्सीले नै सुरुवाती अग्रता दिलाएका थिए । खेलको सातौं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

तर ब्राजिलका लागि रेनाटोले ७५ औ मिनेटमा गोल गर्दै बराबरी गराएका थिए । त्यसखेलमा जाब्लेटाले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याएका थिए ।

फाइनलमा अर्जेन्टिनाको भेट नाइजेरियासँग भएको थियो । फाइनलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउन सक्यो । अर्जेन्टिनाका लागि मेस्सीले नै दुबै गोल गरेका थिए ।

मेस्सीले खेलको ४० र ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई यू–२० विश्वकप जिताएका थिए ।

मेस्सीले प्रहार गरेका ती दुबै पेनाल्टी सम्झदै अग्युरोले भनेका थिए, ‘उनले प्रहार गरेको ती पेनाल्टी हेर्न निकै रमाइलो लागेको थियो, उनले यसरी प्रहार गरेका थिए, मानौ कि उनी आफ्नो बगैचामा खेल्दै थिए ।’

Lionel Messi 2005

उमेर समुहका खेलले खेलाडीको भविष्य निर्धारण गर्नुले सधै अपेक्षित नतिजा दिदैन ।

अर्जेन्टिनी यू–२० टोलीका महत्वपूर्ण मानिएका ग्याब्रियल प्यालेटाले भविष्यमा निकै उल्लेख्य प्रदर्शन गर्ने सबैले आश गरेका थिए । उनी लिभरपुुलमा समेत अनुबन्ध भएका थिए । तर उनले आफ्नो बलियो पक्ष ‘सेन्टर ब्याक’बाट खेल्न खोजेनन् । अहिले उनी इटालीको क्लब मोन्जाबाट खेल्छन् ।

टोलीका अन्य खेलाडी ओबरमन, नेरेओ च्याम्पाग्ने, निकोलस नभारोले अर्जेन्टिनी लिगमा राम्रो खेल खेल्ने गरेका छन् ।

यस्तै, रोड्रिगो आर्कुबी रिभर प्लेटका लागि निकै राम्रो करियर बनाउँदै थिए, तर क्यानाबिस नामको रोगले उनको खेल जिवनमा तगारो ल्याएको थियो ।

अर्जेन्टिनी यू–२० को टोलीका खेलाडीको वर्तमान जाँच्नु भनेको त्यस देशको युवा टिमका प्रशिक्षकहरु जोसे पेकरमन, टोकाली र फरारोले स्थापना गरेको पद्धतीको जाँच हो ।

सन् २००५ मा यू–२० विश्वकप खेलेको टोलीबाट ६ जना खेलाडीले सन् २०१४ को विश्वकप फुटबल फाइनलमा खेलेका थिए । मेस्सीसँगै अग्युरो, गेरे, जाबालेटा, गागो र लुकास बिग्लिया फाइनलमा उत्रिएका थिए ।

सन् २००५ को यू–२० विश्वकपमा गोल्डेन बल र गोल्डेन बुट जितेका मेस्सीलाई त्यसपछि भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता मिलेको छैन ।

तर नेदरल्यान्ड्समा भएको सो प्रतियोगिता हेरेका जो कोहीले पनि त्यो खेलाडीको पहिलो पाइला देखे, जो दशक बढी खेलमा प्रभाव जमाउने क्षमता राख्दथे ।

(डेनियल एडवार्डको लेख अनिष भट्टराईद्धारा अनुवाद) 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन