बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

रंगभेदविरुद्ध बुन्डेसलिगा क्लब

आइतबार, २५ जेठ २०७७खेलपाटी संवाददाता
रंगभेदविरुद्ध बुन्डेसलिगा क्लब
Loading ad...
mustang rice ad

एजेन्सी । अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा रंगभेदी व्यवहारविरुद्धको आन्दोलन चर्किएको छ ।

मिनियापोलिस शहरमा दुई साता अघि प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा लामो समय थिचेपछि उनको मृत्यु भएको थियो ।

फ्लोयडको मृत्युपछि काला जातिका मानिसलाई प्रहरीले घाँटी थिचेर मारेको भन्दै अमेरिकामा आन्दोलन चर्किएको हो । अमेरिकामा आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

काला जातिले बाच्न पाउनु पर्ने भन्दै विश्वभर विरोध भईरहेको छ । फ्लोयडविरुद्ध भएको अन्यायको विरोधमा विश्वभर 'ब्लाक लाइभ्स म्याटर' आन्दोलन चलिरहेको छ ।

यस आन्दोलनमा जर्मन बुन्डेसलिगा क्लबहरुले समेत ऐक्यबद्धता जनाएका छन् । सुरुवातमा केहि खेलाडीले आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । पछिल्लो समय भने बुन्डेसलिगाका अधिकांस क्लब 'ब्लाक लाइभ्स म्याटर' आन्दोलनमा होमिएको छ ।

Jadon SanchoJadon Sancho

बुन्डेसलिगा अन्तर्गत शनिबार भएको पाँच खेल दौरान क्लबका खेलाडीले मैदानमा सांकेतिक विरोध जनाएका थिए  ।

लिग लिडर बायर्न म्युनिखले बायार लेवरकुसनविरुद्ध ४-२ को जित निकाल्दा बायर्नका खेलाडीले 'रेड अगेन्ट्स रेसिजम' लेखिएको टिसर्ट लगाएका थिए ।

यस्तै बायर्नका खेलाडीले 'ब्लाक लाइभ्स म्याटर' लेखिएको आर्मब्याण्ड लगाएका थिए ।

बोरुसिया डर्टमण्ड र हेर्था बर्लिनका खेलाडीले खेल अघि संयुक्त रुपमा गोलो घेरा बनाएर घुँडा टेकेर सांकेतिक विरोध गरेका थिए ।

बर्लिनविरुद्ध १-० गोल अन्तरको जित निकालेको त्यस खेलमा डर्टमण्डका खेलाडीले 'नो पिस,नो जस्टिस', 'युनाइटेड टुगेदर' लेखिएको टिसर्ट लगाएका थिए ।

माइन्जका स्ट्राइकर पिएर कुण्डेले आइनट्राख्ट फ्रान्कफुर्टविरुद्ध गोल गरेपछि घुँडा टेकेर विरोध जनाएका थिए ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले समेत यस आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो । फिफाले रंगभेदी व्यवहारलाई आफ्नो संस्थाले कुनै पनि हालतमा स्वीकार नगर्ने समेत बताएको छ ।

यस अघि इंग्लिस क्लब लिभरपुल, चेल्सी लगायतका खेलाडीले समेत घुँडा टेकेर सांकेतिक विरोध जनाएका थिए ।

त्यस्तै बास्केटबल लिजेण्ड माइकल जोर्डनले अमेरिकामा सामाजिक न्याय र समानताका लागि भन्दै रंगभेदी व्यवहारविरुद्ध लडिरहेको संस्थालाई १० करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

 

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन