बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

योर्गेन क्लोप – ‘ब्ल्याक फरेष्ट’ टू ‘एनफिल्ड’

शुक्रबार, १६ जेठ २०७७खेलपाटी संवाददाता
योर्गेन क्लोप – ‘ब्ल्याक फरेष्ट’ टू ‘एनफिल्ड’
Loading ad...
mustang rice ad

एजेन्सी । जेन्स हास, त्यो समय अझै याद गर्छन् । जब उनले आफ्ना साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको दिमाग भएको शंका गरेका थिए ।

उनीहरु ११ वर्षका थिए, जब उनीहरु एस.बी ग्लाटेनको जुनियर टोलीको खेलका लागि यात्रा गर्दै थिए । यात्राका दौरान रेडियोमा उनीहरुले बुन्डेसलिगको आफ्नो प्रिय टोलि स्टुट्गार्टको खेल सुन्दै थिए ।

क्लोप स्टुट्गार्टको खेलको विश्लेषण गर्न थाले । खेलमा नतिजा उल्टाउन स्टुट्गार्टले गर्नुपर्ने खेलाडी परिवर्तन साथीलाई सुनाए ।

केही बेरमै कमेन्टेटरले स्टुट्गार्टले गरेको खेलाडी परिवर्तन सुनाए, जुन क्लोपले आफ्ना साथीलाई सुनाएका थिए ।

‘उनको खेलको बुझाई र ज्ञानले मलाई चकित गराउँथ्यो । कुनै बेला त उनी सानैबाट प्रशिक्षक हुन् जस्तो लाग्दथ्यो ।’ हास सम्झन्छन् ।

क्लोपको बाल्यकालले नैे छनक दिन्छ, कसरी उनी आधुनिक फुटबलका प्रतिभावान प्रशिक्षक बने ।

क्लोपलाई मेइन्ज, डर्ट्मण्ड तथा लिभरपुलमा निकै सम्मान गरिन्छ ।

मेइन्जमा रहँदा क्लोप खेलाडीबाट रातारात प्रशिक्षक बनेका थिए । प्रशिक्षक बनेका क्लोपले मेइन्जलाई पहिलो पटक बुन्डेस लिग फुटबलसम्म पुर्याएका थिए । 

यस्तै डर्ट्मण्डमा रहँदा उनले डर्ट्मण्डलाई बुन्डेसलिगा जिताएका थिए ।

अहिले लिभरपुलमा रहेका क्लोपले अघिल्लो सिजनमा च्याम्पियन्स लिग जिताएका थिए । उनै क्लोपको लिभरपुल अहिले ३० वर्ष पछि घरेलु लिग जित्ने संघारमा छ ।

Liverpool manager Jurgen Klopp happy to 'make history' after ...

क्लोप आफ्ना खेलाडी, टिमका अरु प्राविधिक, पत्रकार, समर्थकका माझ सधै मन्द मुस्कान लिएर उभिन्छन् ।

उनको यस्तो व्यक्तित्व जर्मनीको ‘ब्ल्याक फरेष्ट’ क्षेत्रस्थित ‘ग्लाटेन’बाट सुरु भएको थियो । क्लोपले ग्लाटेनमा आफ्नो बाल्यकाल बिताएका थिए ।

ग्लाटेनमा एउटा छाँगा छ, जुन ग्लाट नदिमा मिसिन्छ । ग्लाट नदिबाट नै ग्लाटेन नाम राखिएको हो । सोही छाँगामा क्लोप र उनका साथी ‘अवे गेम’ खेल्न जानु अगाडी जम्मा हुने गर्दथे ।

ग्लाट नदिको किनारमा क्लोप र उनका साथीले साइकल चलाउँथे । क्लोपको सेतो रंग लगाइएको घर अझै त्यहाँ छ, जहाँ उनकी आमा बस्छिन् ।
घर नजिकै प्राथामिक विद्यालय छ, जहाँ क्लोप पढेका थिए ।

यहि ठाउँ जुन लिभरपुल, डर्ट्मण्ड र मेइन्जको चर्को औद्योगिक हल्लाबाट टाढा छ, त्यहीँ क्लोपले चराका चिर्विराहटसंगै मौलिक सास्कृतीमा स्वतन्त्रताको पंखा हालेका थिए ।

‘यहाँका मानिस निकै शान्त स्वभावका छन् ।’ हास भन्छन्, ‘तर पैसाका लागि निकै होसियार छन् । मानिसको कामको आधारमा एक–अर्कालाई तुलना गर्छन् ।’

‘ग्लाटेनका मानिस मित्रता गाँस्न केही समय लिन्छन् । तर एकपटक साथी बनिसकेपछी जुनिभरलाई साथी बन्छन् । बाल्यकाल काट्न यो ठाउँ निकै राम्रो छ । यहाँ तपाईंले आफ्नो लागि समय पाउनुहुन्छ र आफुलाई गर्न मन लागेको कुरामा ध्यान दिन सक्नुहुन्छ ।’ हास ग्लाटेनको तारिफ गर्छन् ।

क्लोपका दुई दिदी छन् र उनीहरुलाई क्लोप आफ्नो दोश्रो आमा मान्छन् । तर उनलाई फुटबलमा भने उनका पिता नोबर्टले लगाएका थिए ।
नोबर्ट डुलिरहने व्यापारी थिए, जो शौखिन गोलरक्षक थिए ।

‘क्लोपमा नोबर्टको धेरै प्रभाव छ ।’ क्लोपका प्रथम प्रशिक्षक उल्रिक राठ सम्झन्छन् ।

राठले नै छोराहरु इङ्गो, हार्टी क्लोप र हाससँगै एउटा टोलीमा खेल्न सकुन् भनेर ग्लाटेनको ११ वर्ष मुनिको टोली बनाएका थिए ।

Klopp, pictured lining up for SV Glatten's youth teamKlopp, pictured lining up for SV Glatten's youth teamKlopp, pictured lining up for SV Glatten's youth team‘यो बुझ्नु जरुरी छ कि नोबर्ट ग्लाटेनमा जन्मेका थिएनन्, उनी मेइन्ज नजिकैको राइनल्याण्डमा जन्मेका थिए । त्यहाँ मानिसहरु मेला आयोजना गरेर आफ्नो खेल कौशल प्रदर्शन गर्छन् । तर ग्लाटेनमा त्यस्तो हुँदैन ।’ राठ थप्छन्, ‘नोबर्ट यहाँको पहिलो फुटबल क्लबमा पनि सक्रिय थिए र पछि टेनिस पनि खेल्दथे । नोबर्टबाट नै क्लोपले खेलमा आवश्यक उत्साह र ताकत पाएका थिए ।’

‘उनको आमा ग्लाटेनकै हुन् । यहाँका मानिसहरु पिछडिएका छन्, त्यसैले बढी मिहिनेत गर्छन् । उनीहरु निकै आशावादी पनि छन् ।’ राठ भन्छन्, ‘योर्गेन मिहिनेत गर्दा म उनमा नोबर्ट देख्छु । तर जब उनी कोठामा आफुलाई बन्द गराएर शान्तमा हौसला जुटाउँछन्, तब म उनमा उनकी आमा देख्छु ।’

क्लोप एस.बी ग्लाटेनको युवा टोलीका कप्तान थिए । उनी मिडफिल्डरका रुपमा खेल्थे । पछि उनी ग्लाटेनबाट १५ माईल टाढा रहेको एर्गेनजिङ्गेनबाट खेल्न गएका थिए ।

‘केही गलत हुँदा क्लोप सधैं आवाज उठाउँथे । उनी निकै महत्वकाक्षी थिए र आफ्ना साथीलाई सधैँ अगाडि बढ्न हौसला दिने गर्दथे ।’ ७९ वर्षिय राठ सम्झन्छन् ।

सन् १९८१ मा ग्लाटेनमा नयाँ टोली बनेको थियो र जर्सीको रङ बोरुसिया डर्ट्मण्डको जस्तै गराइएको थियो ।

सो टोलीको संग्रहालयमा क्लोपले हस्ताक्षर गरेको डर्ट्मण्डको जर्सी राखिएको छ । सोही टोलीको मैदानमा क्लोपले डर्ट्मण्डबाट सन् २०११ मा बुन्डेस लिग जिताएपछि सम्मान गरिएको थियो ।

क्लोप मंञ्चमा गए, जब गाउँका मानिसको चिच्याहट कम भयो । उनी आफ्नो बाल्यकालको गाउँका मानिसको अगाडि आफ्नो भनाई राख्न लागे ।

‘त्यो पल निकै आश्चर्यजनक थियो । एकपल उनी व्यवसायीक प्रशिक्षक थिए र अर्को पल उनी मेरो सानैदेखिको साथी थिए । उनी आफ्नो गाउँका मानिस अगाडी यहाँकै भाषामा बोलेका थिए ।’ हास सुनाउँछन् ।

राठ अहिले क्लोपलाई धेरै भेट्दैनन् । तर राठलाई उनको ७५ औँ जन्मदिनमा क्लोपले फोन गरेका थिए । उनी त्यसबखत निकै भावनात्मक बनेका थिए ।

‘मलाई उनले बधाई दिए । यो उनको घर हो र उनले यो भुलेका छैनन् ।’ राठ आँसु झार्दै भन्छन् ।

ग्लाटेन छाडेपछि ‘स्पोर्ट्स साईन्स’ पढ्न सहर पसेका क्लोप रोट बीस फ्रान्कफुर्टबाट खेल्न लागे ।

सन् १९९० मा क्लोप दोश्रो डिभिजनको क्लब मेईन्ज लागे । उनी त्यसबेला २३ वर्षका थिए । उनी त्यहाँ माईकल स्कुमाकरको नेतृत्वमा खेल्न लागे ।

‘त्यो बेला हेराई र व्यक्तित्वमा क्लोप विद्यार्थी नै थिए । जिन्स र टिसर्ट लगाएर आउने उनीमा कुनै तनाव देखिदैनथ्यो ।’ माइकल सम्झना गर्छन् ।

मैदानमा उनलाई आफुलाई प्रमाणित गर्न गाह्रो पर्दथ्यो । उनी आफैपनि सो कुरा स्विकार्ने गरेका छन् । उनी खेल विश्लेषण गर्न माहिर थिए तर खेलमा उतार्दा भने कमजोर देखिन्थे ।

‘यहाँ आउँदा उनी फरवार्डको भूमिकामा आएका थिए । उनी निकै तिव्र थिए र हेडरमा राम्रो थिए । तर क्लोप खेलको प्राविधिक पक्षमा कमजोर देखिन्थे ।’ माइकलले भने ।

‘यो उनको लागि निकै कठिन समय थियो । जब उनको नाम लिइन्थ्यो, समर्थक उनलाई हतोत्साहित पार्दथे । एकदिन क्लोपले अब म के गर्ने ? मलाई कोचले जसरि नै खेलाउँंछन् ? भनेर सोधेका थिए । उनलाई पनि थाहा थियो, उनी उत्कृष्ट खेलाडी थिएनन् तर उनी आफुलाई लगाइएको काम गरिरहेका थिए ।’ माइकल सुनाउँछन् ।

प्रभावशाली प्रशिक्षक बुलफाङ फ्रायाकले उनलाई डिफेन्डिङको भुमिकामा झारेपछि भने क्लोप मेइन्जमा सफल भए । उनी त्यहाँ ३ सय २५ खेल खेलेका थिए । तर उनलाई प्रशिक्षक बनाउने अचानकको निर्णयले क्लोपभित्रको प्राकृतिक कलालाई बाहिर ल्याएको थियो ।

मेईन्जको टोली जर्मन फुटबलको तेस्रो डिभिजनमा घटुवा हुने संघारमा थियो । मेइन्जका अध्यक्ष हराल्ड स्र्टुटले सन् २००१ फेब्रुअरीमा अचानक एक निर्णय लिए । उनले क्लोपलाई टोलीको प्रशिक्षकको जिम्मा दिए ।

‘मेइन्जले छोटो समयमै तीन प्रशिक्षकको प्रशिक्षणमा खेलेको थियो । हाम्रो अगाडि एक महत्वपूर्ण खेल थियो । हामीले खेलाडीलाई भनेका थियौ, कि तिमीहरु बाहेक कसैले नि टोलीलाई सहयोग गर्न सक्दैन ।’ हराल्डले भने ।

‘क्लोपमा ढृढता थियो । उनी सामान्य भएपनी उनको व्यक्तित्व विषेश थियो । उनको व्यक्तित्वले सबै समर्थकलाई मोहित पारिसकेको पनि थियो र उनको खेलहरुले नै उनी एक नेता भएको झल्को दिन्थे ।’ हराल्ड थप्छन्, ‘हामीले उनलाई प्रशिक्षक बनाउने निर्णय गर्यौ र यो मेइन्जको सुखद भविष्यको सुरुवात थियो ।’

Klopp is mobbed by Mainz fans celebrating their 2004 promotion

हराल्डको सो निर्णयले छिट्टै प्रभाव देखाउन लाग्यो ।

क्लोपको प्रशिक्षणमा मेइन्जले पहिलो ७ खेलमा ६ मा जित हात पार्न सक्यो र रेलिगेसन जोनबाट जोगियो ।

त्यसपछिका दुई सिजन मेइन्जले डिभिजन बढुवाका लागि निकै मिहिनेत गर्यो । तर दुवै पटक अन्तिममा गएर मेइन्ज प्रथम डिभिजनमा बढुवा हुन असफल बन्यो ।

यसरी क्लोप आफ्नो टोलीलाई मजबुत गराउँदै गए । यसले सहर र हराल्ड दुबैको मन जित्दै गयो ।

क्लोपले आफ्ना १५ हजार समर्थकका अगाडी मनदेखि नै बोलेका थिए ।

उनले भने, ‘तपाईहरु नआत्तिनुहोस । हामी पुनः एक पटक प्रयास गर्नेछौ र मजबुत बनेर फर्कनेछौँ ।’

सो पल निकै सम्झनलायक रहेको हराल्ड बताउँछन् ।

‘सबै समर्थकको आँखामा आँसु थियो । क्लोप मंञ्चमा गएर बोल्न लागे र उनी निकै प्रभावशाली तरिकाले बोले ।’ हराल्डले भने ।

आँशु खुशीमा परिणत भयो, जब मेइन्ज पहिलो पटक २००४ मा बुन्डेस लिगमा बढुवा भयो । मेइन्जले बुन्डेस लिगमा ३ सिजन खेल्न सक्यो, जुन क्लोपका लागि महत्वपूर्ण थियो ।

उनले आफ्नो प्राविधिक र रणनीतिक पक्षमा सुधार गर्दै जर्मन फुटबलको शक्तिशाली व्यक्तिको सुचीमा आफुलाई अटाउन सफल भए ।

‘मेइन्जसँग खेल्दा खेलाडीहरु कमजोर भएपनी उनीहरुको आत्मबल बलियो देखिन्थ्यो ।’ बोरुसिया डर्ट्मण्डका प्रमुख हान्स जोएचिम सम्झिन्छन् ।

क्लोपले २००८ मा मेइन्ज छाडे र बोरुसिया डर्ट्मण्डमा आवद्ध बने ।

त्यहाँ पनि उनले डर्ट्मण्डको ‘एल्लो वाल’ अर्थात ८० हजार समर्थकको मन जित्न सके ।

Dortmund fans bid farewell and thank Klopp in his last match as manager in May 2015Dortmund fans bid farewell and thank Klopp in his last match as manager in May 2015Borussia Dortmund: 8 of the Best Yellow Wall Displays | 90min

आफ्नो ट्रेडमार्क शैली ‘हेभी मेटल’बाट खेलाउँदै क्लोपले डर्ट्मण्डमा पनि जित चुमे । बुन्डेसलिगामा संघर्ष गरिरहने डर्ट्मण्डलाई उनले २०११ मा लिग जिताए र २०१२ मा लिगसंगै जर्मन कप पनि जिताउन सके ।

‘क्लोपले टोलीलाई नयाँ रुप दिए । उनले खेलाउने खेल पहिलेको डर्ट्मण्डको टोलीले खेल्ने भन्दा निकै फरक थियो । उनी आक्रामक खेल खेलाउन माहिर थिए ।’ हान्सले सुनाए ।

सन् २०११ मा लिग जितेपछि क्लोपको नाममा एउटा गित नै रचिएको थियो । ‘क्लोप डु पप स्टार’ नाम दिइएको सो गित लिग जितेपछि खुसीयालीमा बजाइएको थियो ।

‘जर्मनीमा उनी सबैभन्दा प्रख्यात मध्यका एक हुन् । उनी मानिसहरुका लागि आदर्श हुन् । उनी पप स्टार बन्न चाहन्नन् तर उनी एक हिरो हुन् ।’ उली ग्राफ सुनाउँछन् ।

ग्राफले नै ‘क्लोपो डु पप स्टार’ रचना गरेका थिए ।

ग्राफका लागि क्लोपसंग होलिडे मनाउनु सबैभन्दा रमाइलो पल हो ।

‘उनी मजाक गर्छन्, हसाउँछन् । खेल, राजनीति सबैका बारेमा खुलेर कुरा गर्छन् । उनीसँग कुरा गर्दा कुनै डर मान्नु पर्दैन ।’ ग्राफ भन्छन् ।

उनी डर्ट्मण्डका प्रायोजकहरु सँग पनि राम्रो चिनजान राख्दथे । यदि उनीहरु प्रायोजन लम्ब्याउने÷नलम्ब्याउने बारे दुविधा आएको बेला क्लोपले नै उनीहरुलाई फोन गर्दथे ।

‘उनी हतियार थिए, एक अल–राउण्डर जो टिमलाई हरेक क्षेत्रमा सहयोग गर्न चाहन्थे । प्रायोजकहरु यति खुशी हुन्थे जब क्लोप आफैंले उनीहरुलाई फोन गर्दथे र उनीहरु प्रायोजन बढाउन तयार हुन्थे ।’ डर्ट्मण्डका मार्केटिङ प्रमुख कार्सटन क्रामर भन्छन् ।

क्लोपले डर्ट्मण्ड छाडेर लिभरपुल गएको पाँच वर्षपछि पनि उनको क्रामर र हान्ससँगको सम्बन्ध निकै राम्रो छ । क्लोपले क्रामर र हान्सलाई लिभरपुलले सन् २०१८ र सन् २०१९ को यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल्दा पाहुनाको रुपमा निम्ता दिएका थिए ।

‘जब तपाई ७ वर्षसम्म क्लोप जस्ता मानिससँग काम गर्नुहुन्छ र उनलाई मिस गर्दिन भन्नुहुन्छ भने त्यो असत्य हुन्छ । उनी असामान्य छन् । तर लिभरपुललाई उनले दिएको शक्ति र आशाले हामीलाई गौरव दिन्छ ।’ क्रामर भन्छन् ।


(बीबीसीबाट अनिश भट्टराईको अनुबाद)

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन